शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

ग्लोबल आईएमई बैंक र जीआईजेडबीच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता

बुधबार, चैत २१ २०८०
ग्लोबल आईएमई बैंक र जीआईजेडबीच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता

ग्लोबल आईएमई बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ।

जीआईजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा 'दीर्घकालिन विद्युतीय यातायातका लागि नेपाल' परियोजना सञ्चालन गरिरहेको छ। 

ग्लोबल आईएमई बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो। उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युतको उपभोगमा वृद्धि भइ स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्‍याउने छ।

साथै, सार्वजनिक यातायात सेवामा विद्युतीय सवारी साधनहरुको संख्या वृद्धि भइ सर्वसाधारणको पहुँच विस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आउनुका साथै सवारी साधनबाट हुने वातावरणीय प्रदुषणमा समेत कमी आउने विश्वास बैंकले लिएको छ। ग्लोबल आईएमई बैंकले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न व्यक्तिगत प्रयोजनका सवारी साधनलाई पनि न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ।

ग्लोबल आईएमई बैंकले मुलुकका ७७ वटै जिल्लामा रहेको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एकसयभन्दा बढी सेवा केन्द्रमार्फत ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको बैंकले जनाएको छ।


प्रकाशित : बुधबार, चैत २१ २०८०१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend