शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वोत्तम सिमेन्टको लगानीकर्तालाई पहिलो वर्ष नै १५ प्रतिशत लाभांश

बुधबार, चैत २१ २०८०
सर्वोत्तम सिमेन्टको लगानीकर्तालाई पहिलो वर्ष नै १५ प्रतिशत लाभांश

काठमाडौं- सर्वोत्तम सिमेन्ट लिमिटेडले नगद लाभांश वितरणको प्रस्तावसहित साधारणसभा बोलाएको छ। कम्पनीले बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो। कम्पनीको मंगलबार बसेको २१० औँ सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

उक्त सभाले सेयरधनीलाई कुल १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गर्ने निर्णय गर्नेछ। साधारणसभा २०८१ बैशाख १२ गते, बुधबार होटल भिलासा, भैरहवा, रुपन्देहीमा बिहान १० बजेदेखि सुरू हुने कम्पनीले जनाएको छ।

सभामा सेयरधनीहरूलाई कम्पनीको आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रूपैयाँको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश पारित गरिने भएको हो।

पाँचौ वार्षिक साधारणसभा प्रयोजनको लागि चैत ३० गते एक दिन कम्पनीको बुकक्लोज गरिने भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चैत २९ गतेसम्म सेयर कारोबार भइ सेयर खरिद गरी आफ्नो नाममा सेयर नामसारी गराएका सेयरधनीहरूले उक्त सभामा भाग लिन र लाभांशसमेत पाउनेछन्। 

उक्त सभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ५ जना, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र १ जना स्वतन्त्र सहित ७ जना सञ्चालक नियुक्तिसमेत गर्ने भएको छ।

यसकासाथै बैठकले सभामार्फत आर्थिक वर्ष २०७२/८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरूसहित अनुसूचीहरू उपर छलफल गरी पारित गरिने छ।


प्रकाशित : बुधबार, चैत २१ २०८०१०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend