बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

सुधारको अपेक्षाविपरीत सेयर बजार घट्दो अवस्थामै निरन्तर

images
मंगलबार, चैत २० २०८०
images
images
सुधारको अपेक्षाविपरीत सेयर बजार घट्दो अवस्थामै निरन्तर
images
images

काठमाडौं- सेयर बजारमा यो साता अहिलेसम्मका तीनवटै कारोबार ओरालोतिर नै देखिएको छ। गएको साता समग्रमा १२.९ अंकले घटेको बजारमा यो साता तीन कारोबारमा नै २५.४१ अंकले गिरावट आइसकेको छ। 

images
images

यो साता पहिलो कारोबारमा आइतबार १७.३० अंकले घटेको सेयर बजार सोमबार ६.२६ अंकले घटेको थियो। मंगलबार १.८५ अंकले घटेर बजार २०१०.२१ बिन्दुमा झरेको छ। १०९ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ। १२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार यो साता पनि उही अवस्थामा नै देखिएको छ। सम्हालिएर उकालो लाग्ने अपेक्षा गरिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा घट्दो क्रम नै बढी देखिएको हो।

images
images
images

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको विश्लेषकहरू बताउँछन्। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। सरकारी निकायको साथ मिल्ने आशमा एकाएक हौसिएका लगानीकर्ताहरू पनि अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै देखिएको छ। 


प्रकाशित : मंगलबार, चैत २० २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend