बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव

images
मंगलबार, चैत २० २०८०
images
images
नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव
images
images

काठमाडौं- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमका लागि सुझाव मागेको छ।

images
images
images

मन्त्रालयले चैत १९ गते सूचना जारी गर्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाका लागि विभिन्न संघ, संस्था, वुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी संचारजगत र आम नागरिकसँग सुझाव माग गरेको छ। मन्त्रालयको वेबसाइटमार्फत सुझाव पठाउन सकिने मन्त्रालयले जनाएको छ।

images
images

गठबन्धन परिवर्तन भएसँगै अर्थमन्त्री वनेका वर्षमान पुनले बजेट निर्माणको कामलाई अगाडि बढाएका छन्। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ। 

images
images
images

सोही सीमाभित्र रहेर बजेट निर्माणको काम अगाडि बढिरहेको मन्त्रालयको दाबी छ। यद्यपी वर्षमान पुनले करिब २० देखि २१ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिरहेको चर्चा हुने गरेको छ। 

बजेटको काम सुरु भएको भन्दै अर्थ मन्त्रालयले अत्यावश्यक बाहेकका काममा मन्त्रालयमा भिडभाड नगरिदिन आग्रह गर्दै गेट बन्द गरिएको जनाएको छ। पूर्वसचिव विद्याधर मल्लिकले दिएको कर प्रशासनसम्बन्धी सुधारका विषयलाई समेत आधार बनाएर बजेट निर्माणको तयारी भएको बताइएको छ। 

चालु आर्थिक वर्षको बजेटले सरकारको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता फागुनभित्र संसदमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेकाले यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको सिद्धान्त तथा प्राथमिकतामै संसदमा छलफल भइरहेको छ। 

महतले अगाडि बढाएका राम्रा कामलाई आफूले पनि समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री पुनले सोही सिद्धान्त तथा प्राथमिकतालाई निरन्तरता दिएको दाबी गरेका छन्। 

सहसचिवस्तरका कर्मचारीहरु परिवर्तन गरेर पुनले बजेट निर्माणको काम अगाडि बढाएका छन्। आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराललाई हटाएर शिवलाल तिवारीलाई सो जिम्मेवारी पुनले दिएका छन्।

यस्तै बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्रीलाई मन्त्रालयकै योजना अनुगमन तथा मूल्यांकन महाशाखा सरुवा गरेर राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेश कुमार शाक्यलाई उक्त जिम्मेवारी दिएका छन्।

यसअघि योजना अनुगमन तथा मूल्यांकन महाशाखामा रहेका धनीराम शर्मालाई राजस्व व्यवस्थापन महाशाखा प्रमुख बनाइएको छ। 

यस्तै ढुण्ढीप्रसाद निरौलालाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। यसअघिका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख बनाइएको छ भने यसअघिका तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालय तानिएको छ। 

अर्थमन्त्री पुनले पार्वती शर्मालाई भन्सार विभागका उपमहानिर्देशक बनाएका छन्। 

सोही आधारमा अर्थमन्त्री पुनले बजेट मस्यौदा लेखन समित गठन गरेका छन्। राजस्व प्रशासन महाशाखा प्रमुख धनीराम शर्माको नेतृत्वमा रितेश कुमार शाक्य, पार्वती शर्मा, ईश्वरी आर्याल, रामप्रसाद आचार्य र महेश आचार्यसहितको बजेट मस्यौदा लेखन समिति गठन गरिएको अर्थ मन्त्रालयले जनाएको छ। 

अर्थमन्त्री पुनले यसअघि कै राजस्व सचिव डा. रामप्रसाद घिमिरे र अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निरन्तरता दिएका छन्।


प्रकाशित : मंगलबार, चैत २० २०८०१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend