शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

ग्लोबल आईएमई बैंक र अलोइबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

मंगलबार, चैत २० २०८०
ग्लोबल आईएमई बैंक र अलोइबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

देशका ७७ वटै जिल्लामा ३ सय ५४ शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आईएमई बैंकले ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। 

समझदारीसँगै ग्लोबल आईएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्ने बताइएको छ।

यस समझदारीले वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने बैंकको विश्वास छ।

देशका ७७ वटै जिल्लामा ३ सय ५४ शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आईएमई बैंकले ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एकसयभन्दा बढी सेवा केन्द्रमार्फत ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ।


प्रकाशित : मंगलबार, चैत २० २०८०१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend