सोमबार, वैशाख २४ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंक र अलोइबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

images
images
images
ग्लोबल आईएमई बैंक र अलोइबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

देशका ७७ वटै जिल्लामा ३ सय ५४ शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आईएमई बैंकले ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। 

images
images
images

समझदारीसँगै ग्लोबल आईएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्ने बताइएको छ।

images

यस समझदारीले वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने बैंकको विश्वास छ।

images

देशका ७७ वटै जिल्लामा ३ सय ५४ शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आईएमई बैंकले ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एकसयभन्दा बढी सेवा केन्द्रमार्फत ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

images
images

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ।

images

प्रकाशित : मंगलबार, चैत २० २०८०१२:१८

प्रतिक्रिया दिनुहोस