शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटलबीच व्यवस्थित लगानी योजनामा पहुँच वृद्धि गर्न सहकार्य

मंगलबार, चैत २० २०८०
महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटलबीच व्यवस्थित लगानी योजनामा पहुँच वृद्धि गर्न सहकार्य

बैंकले देशभर १ सय ३ वटा शाखा कार्यालयहरुमार्फत करिब ७ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ।

एनआईसी एसिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना - एनआईसी एसिया डाइनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेन्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ।

देशभर रहेका लगानीकर्ताहरुको एनआईसी एसिया डाइनामिक डेप्ट फण्डमा सहज पहुँच भइ वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ। हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश: देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिने बैंकले जनाएको छ।

बैंकले देशभर १ सय ३ वटा शाखा कार्यालयहरुमार्फत करिब ७ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, चैत २० २०८०११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend