शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वोत्तम सिमेन्टको सेयरमात्रै झन्डै आधा अर्बको कारोबार

सोमबार, चैत १९ २०८०
सर्वोत्तम सिमेन्टको सेयरमात्रै झन्डै आधा अर्बको कारोबार

कम्पनीको सेयर मूल्य घटेता पनि अत्याधिक माग भएकाले पुन: बढ्ने अनुमान गरिएको छ।

काठमाडौं- सर्वोत्तमको सेयर सोमबार पनि दोस्रो बजारमा सर्वाधिक कारोबार भएको छ।

लगातार सात कारोबार दिन १० प्रतिशतले बढेको सर्वोत्तम सिमेन्टको सेयर आइतबार नकारात्मक सर्किट लागेको थियो। सोमबार भने प्रतिकित्ता ३३.५० रुपैयाँ घटेर ९४१ रुपैयाँमा कारोबार भएको छ।

कम्पनीको सेयर मूल्य घटेता पनि अत्याधिक माग भएकाले पुन: बढ्ने अनुमान गरिएको छ। कम्पनीको सोमबार मात्रै ४७ करोड २९ लाख १७ हजार रुपैयाँको खरिदबिक्री हुँदा ५ लाख १४ हजार कित्ता किनबेच भएको छ। यो सबैभन्दा बढी हो। सोमबार समग्रमा २ अर्ब ८७ करोडको कारोबार भएको थियो।

गत चैत ५ गते सूचीकरण भएको कम्पनीको सेयर चैत ६ गतेदेखि निरन्तर सर्किट लागेको थियो। आइतबार पनि कम्पनीको २ लाख ९० हजार १ सय ३६ कित्ता कारोबार हुँदा कुल ३ अर्ब २० करोडको सेयर कारोबार भएकोमा सर्वोत्तमको मात्र २८ करोड ६६ लाख बराबरको कारोबार भएको थियो।

कम्पनीको ५ सय ५६ रूपैयाँमा पहिलो कारोबार सुरू भएको थियो। त्यसपछिका ७ कारोबार दिन १० प्रतिशतका दरले बढेर मूल्य १०८३ रूपैयाँसम्म पुगेको थियो।

यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए। लगानीकर्ताले प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता सेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए। 


प्रकाशित : सोमबार, चैत १९ २०८०१५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend