शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

गुण एयरलाइन्सलाई जेट स्ट्रीम जहाजबाट उडानमा फर्कन नदिने प्राधिकरणको तयारी

images
सोमबार, चैत १९ २०८०
images
गुण एयरलाइन्सलाई जेट स्ट्रीम जहाजबाट उडानमा फर्कन नदिने प्राधिकरणको तयारी

प्राधिकरण स्रोतका अनुसार गुणसँग भएका पाँचवटै जेट स्ट्रीम जहाजको हरेक पार्टपुर्जाको आयु सकिएको छ। जहाज उडानका लागि योग्य छैन।

images
images

काठमाडौं- २०७९ फागुन १ गतेदेखि उडान बन्द भएको गुण एयरलाइन्स पुन: उडानमा फर्कने प्रयास गरिरहेको छ। एयरलाइन्सले विमानस्थल बक्यौता भुक्तानी किस्ताबन्दीमा गर्दै उडानमा फर्कने तयारी गरेको छ।

images
images
images

तर नेपाल नागरिक उड्डयन प्राधिकरणले भने गुण एयरलाइन्सले यती एयरलाइन्ससँग खरिद गरेको ५ वटा जेट स्ट्रीम जहाजबाट उडानमा फर्कन नदिने भएको छ।

images
images

प्राधिकरण स्रोतका अनुसार गुणसँग भएका पाँचवटै जेट स्ट्रीम जहाजको हरेक पार्टपुर्जाको आयु सकिएको छ। जहाज उडानका लागि योग्य छैन। जहाजको उडानमा पनि पछिल्लो समय राम्रो पर्फमेन्स  नभएका  कारण उसलाई अहिलकै जहाजबाट उडान गर्न नदिने प्राधिकरणको भनाइ छ।

images
images

एयरलाइन्सको एओसी निलम्बनमा छ भने इजाजत पनि सकिन लागेको छ। अहिले एयरलाइन्सले उडान गर्नभन्दा पनि इजाजत नवीकरण गर्दै एओसी मात्रै ब्युँताउने खेल गरेको प्राधिकरणको दाबी छ।

गुण एयरलाइन्सले लाइनसेन्स नवीकण तथा निलम्बित एओसी फुकुवा तथा फिलिट परिवर्तनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिनुपर्ने छ। मन्त्रालयले एयरलाइन्सबाट निवेदन आएसँगै प्राधिकरणसँग राय माग्ने छ।

प्राधिरकरणले सबैभन्दा पहिले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता चुक्ता गरेको हुनुपर्ने र विभिन्न पार्टीहरुबाट प्राधिकरणका रकम नतिरेको भन्दै उजुरी परेको हुँदा सोको समेत फरफारक गरेपछि मात्रै प्रक्रिया अगाडि बढाउन सक्ने गरी राय दिने स्रोतको दाबी छ।

प्राधिकरणमा चिया पसलको समेत रकम तिरेको भन्दै गुण एयरलाइन्सको नाममा उजुरी आएको छ। 'उडान बन्द भएको १ वर्ष भइसकेको छ। त्योभन्दा पहिलेबाट नै एटीआर जहाजबाट उडान गर्ने भनेको एयरलाइन्सले फेरि उही जेट स्ट्रीमबाट उडानमा फर्कन खोजेको देखिएको छ। उसले उडान गरेर व्यापार गर्नेभन्दा पनि एओसी ब्युँताउने खेल मात्रै गरेको हो। अहिलेकै अवस्थामा हवाई सुरक्षालाई समेत हेरेर गुणलाई उडानमा फर्कन दिन सकिँदैन', प्राधिकरण स्रोतले भन्यो।

गुण एय/ससँग ५ वटा जहाज भएपनि २ वटा मात्रै उडानमा थियो बन्द हुनु अगाडिसम्म। तर ती जहाजमा प्रयोग भएका सबै पार्टपुर्जाको आयु सकिएको छ। अहिले त उडानयोग्य जहाज नै नभएको अवस्थामा उसलाई उडानमा आउन सहजता नभएको प्राधिकरणको दाबी छ।

गुणसँग भएका २ वटा बिजक्राफ्ट जहाज पनि अहिले उडानयोग्य बनाउन सम्भव नहुने प्राधिकरणको भनाइ छ।


प्रकाशित : सोमबार, चैत १९ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend