शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाले सुरु गर्‍यो 'नगरकी छोरी' कार्यक्रम

आइतबार, चैत १८ २०८०
प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाले सुरु गर्‍यो 'नगरकी छोरी' कार्यक्रम

२० वर्षको अवधि समाप्त भएपश्चात सम्बन्धित व्यक्ति तथा छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउनेछन्।

काठमाडौं- प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजनाअन्तर्गत 'नगरकी छोरी' कार्यक्रम आइतबारबाट शुभारम्भ भएको छ।

छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा छोरीहरुलाई सामाजिक एवं आर्थिकरुपमा विशेष संरक्षण प्रदान गर्नेगरी छोरीहरुलाई शिक्षित र स्वावलम्बन बनाउने लक्ष्यका साथ कार्यक्रम सुरु भएको हो।

बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभ बैंकका तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले 'नगरकी छोरी' कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। बागलुङ नगरपालिका वडा नं. २ की अदीती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली 'नगरकी छोरी'  कार्यक्रमको शुभारम्भ गरिएको हो। 

'नगरकी छोरी' कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौताबमोजिम २०८० असार १ गतेपश्चात बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ।

बागलुङ नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङ नगरपालिकाको तर्फबाट एकमुष्ट पाँच हजार रूपैयाँ जम्मा गरिनेछ र प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्ने जानकारी दिइएको छ।

बैंकका अनुसार यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरुले इच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् र २० वर्षको अवधि समाप्त भएपश्चात सम्बन्धित व्यक्ति तथा छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाइ सञ्चालनमा ल्याइएको हो। 

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्वारा आजबाट शुभारम्भ गरिएको 'नगरकी छोरी' कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरुको समाजिक सम्मान तथा आर्थिक संरक्षण भइ छोरीहरुलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ति हुने बैंकको विश्वास छ।


प्रकाशित : आइतबार, चैत १८ २०८०१८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend