शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

ग्लोबल मनी वीकको अवसरमा सातै प्रदेशमा ग्लोबल आईएमई बैंकको विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम

आइतबार, चैत १८ २०८०
ग्लोबल मनी वीकको अवसरमा सातै प्रदेशमा ग्लोबल आईएमई बैंकको विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुका बारेमा जानकारी गराइएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ।

बैंकले आफ्ना प्रदेश कार्यलयहरुको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको हो। 

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुका बारेमा जानकारी गराइएको छ। 

बैंकले ग्लोेबल मनी वीक २०२४ को अवसर पारेर देशव्यापीरुपमा वित्तीय कार्यक्रमहरु आयोजना गरिरहेको छ।

अहिलेसम्म सम्पन्न विभिन्न कार्यक्रमहरुमा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवायुवतीहरुको सहभागिता रहेको थियो।

साथै आफ्ना ३ सय ५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ। 

ग्लोबल आईएमई बैंकले ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा सञ्जालमार्फत् ४६ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

प्रकाशित : आइतबार, चैत १८ २०८०१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend