शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

१७ अंकले घट्यो सेयर बजार, ६३ कम्पनीको सेयर मूल्य बढ्दा तीन अर्बको कारोबार

आइतबार, चैत १८ २०८०
१७ अंकले घट्यो सेयर बजार, ६३ कम्पनीको सेयर मूल्य बढ्दा तीन अर्बको कारोबार

६३ कम्पनीको सेयर मूल्य बढेको बजारमा तीन अर्ब २० करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार घटिरहेको सेयर बजारमा यो साताको पहिलो कारोबारमा पनि गिरावट आएको छ। अघिल्लो साता समग्रमा १२.९ अंकले घटेको सेयर बजार आइतबार पनि घटेको हो।

आइतबार १७.३० अंकले घटेर बजार २०१८.३३ बिन्दुमा पुगेको छ। ६३ कम्पनीको सेयर मूल्य बढेको बजारमा तीन अर्ब २० करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ। १ सय ७२ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको भने स्थिर रह्यो।

सम्हालिएर उकालो लाग्ने अपेक्षा गरिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा घट्दो क्रम नै बढी देखिँदै छ। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। सरकारी निकायको साथ मिल्ने आशमा एकाएक हौसिएका लगानीकर्ताहरू पनि अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षामा थिए तर बजारले वृद्धितर्फको गति समात्न सकेको छैन। थग नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेको भए पनि बजारको अवस्थाले साथ दिइरहेको देखिँदैन।

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : आइतबार, चैत १८ २०८०१५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend