शनिबार, साउन १२ गते २०८१    
images
images
images

बिक्रीको चापपछि सर्वोत्तमको सेयर सर्वाधिक कारोबार

images
आइतबार, चैत १८ २०८०
images
images
बिक्रीको चापपछि सर्वोत्तमको सेयर सर्वाधिक कारोबार

चैत ६ गतेदेखि निरन्तर सर्किट लागेको कम्पनीको सेयर आइतबार भने ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७४.५० रुपैयाँमा झरेको छ।

images

काठमाडौं- लगातार सात कारोबार दिन १० प्रतिशतले बढेको सर्वोत्तम सिमेन्टको सेयर आज (आइतबार) भने घटेको छ।

images
images

गत चैत ५ गते सूचीकरण भएको कम्पनीको सेयर चैत ६ गतेदेखि निरन्तर सर्किट लागेको थियो। आइतबार भने कम्पनीको सेयर ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७४.५० रुपैयाँमा झरेको छ।

images

बिक्री चाप बढेसँगै कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २ लाख ९० हजार १ सय ३६ कित्ता कारोबार हुँदा हालसम्म कुल ३ अर्ब २० करोडको सेयर कारोबार भएकोमा सर्वोत्तमको मात्र २८ करोड ६६ लाख बराबरको कारोबार भएको छ।

कम्पनीको ५ सय ५६ रूपैयाँमा पहिलो कारोबार सुरू भएको थियो। त्यसपछिका ७ कारोबार दिन १० प्रतिशतका दरले बढेर मूल्य १०८३ रूपैयाँसम्म पुगेको थियो।

images

यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए। लगानीकर्ताले प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता सेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए। 


प्रकाशित : आइतबार, चैत १८ २०८०१५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend