बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

मजदूर आन्दोलनले गाईभैँसी भोकै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
images
images
मजदूर आन्दोलनले गाईभैँसी भोकै

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदूरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाईभैँसी भोकै भएका छन्। गोठमा काम गर्ने करार र स्थायी मजदूरलाई पनि आन्दोलनरत मजदूरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ। 

images
images

काठमाडौं- कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदूरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाईभैँसी भोकै भएका छन्। गोठमा काम गर्ने करार र स्थायी मजदूरलाई पनि आन्दोलनरत मजदूरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ। 

images
images

विश्वविद्यालयमा १ सय १५ जना दैनिक ज्यालादारीमा काम गर्ने मजदूर रहेका छन्। उनीहरूको माग करार नियुक्ति पाउनुपर्ने छ। आन्दोलनरत मजदुरले यही भदौ २० गते विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन, सहायक डिन र प्रशासकको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन्।

images
images

विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायका डीन डा होमबहादुर बस्नेतका अनुसार चार दिनदेखि पानी खान नपाएका गाई भैँसीलाई बिहीबार बिहान मजदूरले दाना पानी दिएको बताए। 

images
images

आन्दोलनरत मजदूरलाई निकै अनुरोधपछि दाना पानी दिने व्यवस्था मिलाइएको उनको भनाइ छ। चार दिनसम्म दानापानी खान नपाएपछि गाई भैँसीको अवस्था दयानीय बनेको छ। ‘मजदूरले दूध दुहेर नालीमा फाल्दै आएकामा निकै अनुरोधपछि बंगुरका बच्चालाई दिइएको छ’ उनले भने। दैनिक ७० लिटर दूध हुने गरेकामा अहिले ३० लिटर हाराहारीमा उत्पादन हुने गरेको बस्नेत बताउँछन्।

गोठमा एक सातामा छ भैँसी ब्याएका छन्। १४ भैँसी ब्याउने अवस्थामा छन्। रामपुरको गोठमा मात्र ६५ भैँसी रहेको उनको भनाइ छ। गोठमा हालै मात्र उन्नत जातका पाँच गाई ल्याइएको छ। गोठमा १९ गाई छन्। गाईभैँसी ब्याउने समय भएकाले आन्दोलनका कारण ती पशु प्रभावित भएका छन्। 

यससँगै अध्ययनका लागि २६ बंगुर, छ बाख्रा, १० कुखुरा, स्थानीय सुंगुर छ, हालै १ लाख ५० हजार रूपैयाँमा खरिद गरेर ल्याइएको एउटा राँगो र २० भेडा छन्। ती पशुचौपायालाई नियमित दानापानी र चरिचरण बन्द गरेपछि पूर्ण रुपमा प्रभावित बनेको उनले बताए। 

गाईभैँसी मर्ने अवस्था देखिएपछि मजदूरलाई अनुरोध गरेर बिहीबार बिहानबाट दानापानी नरोक्न भनिएको बस्नेतको भनाइ छ। गोठमा २६ मजदूर काम गर्छन्। ती मध्ये १४ जना दैनिक ज्यालादारीका हुन्। १२ जना करारका रहेका छन्। अन्य विभागमा काम गर्ने आन्दोलनरत मजदूरले समेत त्यहाँ सहभागी भएर धर्ना दिएको उनले जानकारी दिए। 

कानूनमा श्रेणीबिहीन कर्मचारीलाई करारमा नियुक्त गर्न नमिल्ने भएकाले समस्या परेको बस्नेतले बताए। आन्दोलनरत मजदूर घनश्याम न्यौपानेले आफूहरुले पशु चौपायाको दानापानी नै प्रभावित हुनेगरि आन्दोलन नगरेको जिकिर गरे। विश्वविद्यालय प्रशासनले आफूहरूको मागको बेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएको न्यौपानेले बताए। माथिल्लो तहका केही मजदूरलाई करारका लागि प्रक्रिया अघि बढाइएको भए पनि योग्यता भएर पनि अन्यले अवसर नपाएको न्यौपाने बताउँछन्। 

विगत केही वर्षयता सो विश्वद्यिालयमा विभिन्न नाममा आन्दोलन हुँदै आएको छ। गतवर्ष भर हुन नसकेको सिनेट बैठक हालै मात्र भएको छ। विश्वविद्यालयका पदाधिकारी जिम्मेवार नहुँदा समस्या समाधानको सट्टा बढ्दै गएको त्यहाँ कार्यरत प्रध्यापकहरु बताउँछन्। रासस


प्रकाशित : बिहीबार , भदौ २४ २०७८०८:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend