शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

अर्थमन्त्री पुनले गठन गरे बजेट लेखन समिति

शुक्रबार, चैत १६ २०८०
अर्थमन्त्री पुनले गठन गरे बजेट लेखन समिति

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्।

मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार समिति गठनको निर्णय गरेका हुन्।

सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्। शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भन् शर्मा आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन्।

समिति संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए। विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाइ छ।


प्रकाशित : शुक्रबार, चैत १६ २०८०१६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend