शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सेयर बजारले लिन सकेन गति, साताभर उही बिन्दु वरपर रहँदा अन्तिम दिनको कारोबारमा सामान्य वृद्धि

बिहीबार , चैत १५ २०८०
सेयर बजारले लिन सकेन गति, साताभर उही बिन्दु वरपर रहँदा अन्तिम दिनको कारोबारमा सामान्य वृद्धि

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार यो साता पनि उही अवस्थामा नै रह्यो। साताको अन्तिम कारोबारसमेत उतारचढावबीच सामान्य वृद्धितर्फ मात्र देखिएको छ। समग्रमा यो साताको कारोबार हेर्दा बजार १२.९ अंकले घटेको देखिन्छ। 

बिहीबार ४.७८ अंकले बढेर बजार २०३५.६४ बिन्दुमा पुगेको छ। १२० कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ। ११५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता पहिलो कारोबारमा सोमबार १७.०१ अंकले घटेर बजार २०३१.५५ बिन्दुमा झरेको थियो। दोस्रो कारोबारमा मंगलबार १०.१४ अंकले बढेको बजार बुधबार पुन: १०.८३ अंकले घटेको थियो।  

सम्हालिएर उकालो लाग्ने अपेक्षा गरिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा घट्दो क्रम नै बढी देखिँदै छ। 

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। सरकारी निकायको साथ मिल्ने आशमा एकाएक हौसिएका लगानीकर्ताहरू पनि अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षामा थिए तर बजारले वृद्धितर्फको गति समात्न सकेको छैन। थग नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेको भए पनि बजारको अवस्थाले साथ दिइरहेको देखिँदैन।

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , चैत १५ २०८०१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend