शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा सातौँ दिन पनि सर्किट, कतिसम्म पुग्ला मूल्य?

बिहीबार , चैत १५ २०८०
सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा सातौँ दिन पनि सर्किट, कतिसम्म पुग्ला मूल्य?

काठमाडौं- सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा लगातार सातौँ दिन पनि सर्किट लागेको छ। बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेको सर्वोत्तमको सेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लागिरहेको हो। 

सर्वोत्तम सिमेन्ट कम्पनीको पहिलो दिन नेटवर्थको तीन गुणा अर्थात ५ सय ५६ रुपैयाँबाट कारोबार सुरु भएको थियो। सर्वोत्तमको सेयरले सातौँ कारोबार दिनसम्म आइपुग्दा पनि सर्किटमै कारोबार भएर १०८३ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

बिहीबारको बजारमा सर्वोत्तमको करिब १५ मिनेटको कारोबारमा ४१ हजार ६५५ कित्ता सेयर ४ करोड ५१ लाख रुपैयाँभन्दा बढीको खरिदबिक्री भएको छ। थोरै कित्ता भएका र संस्थापक लगानीकर्ताले बिक्री गर्न ६ महिनासम्म नपाउने भएकोले सेयर मूल्य अझै माथि जाने अनुमान गरिएको छ। 

यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए। लगानीकर्ताले प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता सेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए।


प्रकाशित : बिहीबार , चैत १५ २०८०११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend