शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गरिँदै, सगरमाथा आरोहणको शुल्क झन्डै ४ हजार डलर बढ्ने

images
बिहीबार , चैत १५ २०८०
images
पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गरिँदै, सगरमाथा आरोहणको शुल्क झन्डै ४ हजार डलर बढ्ने
फाइल तस्बिर
images
images

काठमाडौं- सरकारले सगरमाथा आरोहणको शुल्क वृद्धि गर्ने भएको छ। सन् २०२५ को आरोहण यामबाट लागु हुनेगरी प्रतिअनुमति झन्डै ४ हजार डलर शुल्क थप गर्न लागिएको हो। विभागले ९ वर्षपछि २० प्रतिशत आरोहण शुल्क वृद्धि गर्ने प्रस्ताव गरेको हो। 

images
images
images

लामो समयदेखि चर्चामा रहेको सगरमाथा अनुमति शुल्क अब २०२५ को सिजनका लागु गराउने तयारी पर्यटन विभागले गरेको हो। विदेशीको लागि परमिट शुल्क ११ हजार डलरबाट १५ हजार डलरसम्म बढ्नेछ। नेपाली नागरिकका लागि ५ सय ६८ डलर हुनेछ।

images
images

सन् २०२३ मा नेपालका अपरेटरहरूले लिने औसत मूल्य ४० हजार डलरबाट ४५ हजार डलरको बीचमा पुगेको थियो। आरोहीसँग मध्यम खालको शुल्क उनीहरूले लिएका थिए। पश्चिमा मुलुकबाट आउने पर्यटकहरूसँग भने नेपालबाट ७० हजार डलर र तिब्बतबाट ९५ हजार डलरदेखि १ लाख १० हजार डलर शुल्क लिँदै आएका थिए।  

images
images

अब पर्यटन विभागले पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को सातौँ संशोधन गर्न लागेको छ। विभागले मुख्य हिमाल आरोहणको शुल्क परिमार्जन गर्ने गरी नियमावली संशोधन गर्न लागेको हो।

पर्वतारोहणसम्बन्धी नियमावली मा हुन लागेको संशोधनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको शुल्क बढ्ने भने निश्चित छ।

सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा विदेशी नागरिकका लागि ११ हजार अमेरिकी डलर लिँदै आएकोमा अब १५ हजार अमेरिकी डलर आरोहण शुल्क लिने गरी नियमावली संशोधनको प्रस्ताव गरिएको हो। २०७१ माघदेखि कायम रहेको हिमाल आरोहण अनुमति शुल्क विभागले ९ वर्षपछि परिवर्तन गर्न लागेको हो। 

भदौमा नै संशोधनका लागि डार्फ्ट कानून मन्त्रालयमा पठाएको विभागमा प्रवक्ता राकेश गुरुङले जानकारी दिए। तर अहिलेसम्म कानून मन्त्रालयबाट कुनै सन्देश आएको छैन।

विभागले सन् २०२५ देखि लागु हुने गरी शुल्क बढाउने तयारी गरेको र ११ हजार डलरको ठाउँमा केही रकम थपको तयारी भएको उनको भनाइ छ। तर अहिले नै यति नै रकम बढ्छ भनेर यकिन गरेर भन्न नमिल्ने उनको भनाइ छ। 

नेपाली नागरिकका लागि सगरमाथा आरोहण शुल्क वसन्त ऋतुमा १ लाख ५० हजार रूपैयाँ र शरद ऋतुमा ७५ हजार रूपैयाँ लाग्ने नियमावलीमा प्रस्ताव गरिएको छ। यसअघि वसन्त ऋतुमा ७७ हजार रूपैयाँ र शरद ऋतुमा ३८ हजार पाँच सय रूपैयाँ थियो।

विभागको तथ्यांकअनुसार वार्षिक ५ सयभन्दा बढीले सगरमाथा आरोहण गर्छन्। यसबाट ८० करोड रोयल्टी संकलन हुँदै आएको छ। 


प्रकाशित : बिहीबार , चैत १५ २०८०१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend