आइतबार, माघ २७ गते २०८१    
आइतबार, माघ २७ २०८१
images
images

मंगलबार दोहोरो अंकले बढेको सेयर बजारमा बुधबार दोहोरो अंककै गिरावट

images
बुधबार, चैत १४ २०८०
images
images
मंगलबार दोहोरो अंकले बढेको सेयर बजारमा बुधबार दोहोरो अंककै गिरावट

सरकारको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

images
images

काठमाडौं- निरन्तरको उतारचढावबीच मंगलबार बढेको सेयर बजार बुधबार पुन: ओरालो लागेको छ। 

images
images
images

लगानीकर्ता विश्वस्त हुन नसक्दा सम्हालिएर उकालो लाग्ने अपेक्षाविपरीत घट्दो क्रम नै बढी देखिएको बजारमा यो साताको पहिलो कारोबारमा गिरावट आए पनि दोस्रो कारोबारमा भने सामान्य सुधार देखिएको थियो।

images
images

साताको पहिलो कारोबारमा १७ अंकले घटेर २०३१.५५ बिन्दुमा झरेको बजार दोस्रो कारोबारमा मंगलबार १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुग्दा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँको कारोबार भएको थियो।

images
images
images

तर मंगलबारको वृद्धि बुधबार टिक्न सकेन। बुधबार बजार १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा पुगेको छ। ५१ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा दुई अर्ब २३ करोड ५४ लाख रूपैयाँको कारोबार भएको छ। १ सय ८८ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको सेयर मूल्यमा भने कुनै फेरबदल भएन। 

सत्ता गठबन्धनमा फेरबदल देखिएसँगै एकाएक उचालिएको सेयर बजारमा पुन: उतारचढाव भइरहेको हो।

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। सरकारी निकायको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षामा थिए तर बजारले वृद्धितर्फको गति समात्न सकेको छैन। थप नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेको भए पनि बजारको अवस्थाले साथ दिइरहेको देखिँदैन।


प्रकाशित : बुधबार, चैत १४ २०८०१५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend