शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

देशभर वित्तीय साक्षरता कार्यक्रम गरी एभरेष्ट बैंकले मनायो 'ग्लोबल मनी वीक'

बुधबार, चैत १४ २०८०
देशभर वित्तीय साक्षरता कार्यक्रम गरी एभरेष्ट बैंकले मनायो 'ग्लोबल मनी वीक'

बैंकले देशभरका १ सय २८ शाखा सञ्जालमार्फत करिब १३ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- एभरेष्ट बैंकले 'ग्लोबल मनी वीक २०२४' का अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ। 

उक्त कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झन्डै ३ हजारभन्दा बढी विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गराएको हो।

'प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर' भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना गराइएको थियो।

बैंकले देशभरका १ सय २८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु र १ सय ६४ एटीएममार्फत करिब १३ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

साथै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।


प्रकाशित : बुधबार, चैत १४ २०८०१४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend