शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

शिवलाल तिवारी बने आन्तरिक राजस्व विभागको महानिर्देशक

images
बुधबार, चैत १४ २०८०
images
शिवलाल तिवारी बने आन्तरिक राजस्व विभागको महानिर्देशक
images
images

काठमाडौं- वातावरण विभागबाट अर्थ मन्त्रालय तानिएका शिवलाल तिवारी आन्तरिक राजस्व विभागका महानिर्देशक नियुक्त भएका छन्। राजस्व प्रशासनअन्तर्गतकै क्याडर रहेका उनलाई अर्थमन्त्री वर्षामान पुनले विभागको जिम्मेवारी दिएका हुन्।

images
images
images

यसअघिका महानिर्देशक भुपाल बराललाई पुनले ४५ दिनमै सरुवा गरेर तिवारीलाई विभागको जिम्मेवारी दिएका हुन्। नियुक्तिको जानकारी पाए पनि पत्र भने बुझिनसकेको तिवारीले बताए।

images
images

तिवारीसँगै ढुण्डी निरौलालाई अर्थमन्त्रीले भन्सार विभागको जिम्मेवारी दिएका छन्। जनार्दन शर्मा अर्थमन्त्री हुँदा अर्थ मन्त्रालयको योजना तथा अनुगमन विभाग हुँदै मध्यस्तरी करदाता कार्यालय काम गरिसकेका निरौला भन्सार विभागका महानिर्देशक नियुक्त भएका हुन्।

images
images

शोभाकान्त पौडेललाई हटाएर निरौलालाई भन्सारको महानिर्देशकको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ। पौडेल अहिले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा भएका छन्।

तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालय तानिएको छ। यस्तै रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।

यसअघि बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका उत्तर कुमार खत्रीलाई योजना अनुगमन तथा मूल्याकंन महाशाखाको जिम्मेवारी तोकिएको छ। खत्रीको स्थानमा रहेका धनीराम शर्मालाई राजस्व व्यवस्था महाशाखा प्रमुख बनाइएको छ।

अर्थप्रशासनमा व्यापक हेरफेरको तयारी गर्दै अर्थमन्त्री पुन, बजेटको मुखमा कस्तो बन्ला टिम? अर्थप्रशासनमा व्यापक हेरफेरको तयारी गर्दै अर्थमन्त्री पुन, बजेटको मुखमा कस्तो बन्ला टिम?


प्रकाशित : बुधबार, चैत १४ २०८०१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend