बिहीबार , वैशाख २० गते २०८१    
images
images

अर्थप्रशासनमा व्यापक हेरफेरको तयारी गर्दै अर्थमन्त्री पुन, बजेटको मुखमा कस्तो बन्ला टिम?

राजस्व प्रशासन र महाशाखा प्रमुखहरू तत्काल परिवर्तन हुने

images
images
images
अर्थप्रशासनमा व्यापक हेरफेरको तयारी गर्दै अर्थमन्त्री पुन, बजेटको मुखमा कस्तो बन्ला टिम?

यद्यपी समान्य प्रशासन मन्त्रालयमा प्रवक्ता रहेका कमलप्रसाद भट्टराईलाई विभागको महानिर्देशकको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ।

images
images

काठमाडौं- वर्षमान पुन अर्थमन्त्री भएसँगै अर्थप्रशासनको संरचनामा व्यापक हेरफेर हुने देखिएको छ। आन्तरिक राजस्व विभाग र भन्सार कार्यकालयका प्रमुखलाई सबैभन्दा पहिले हटाउने तयारीमा पुन रहेका छन्। 

images
images
images

आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बरालको सरुवा एक साताभित्र गर्ने अर्थमन्त्री पुनले तयारी गरेका छन्। गत माघ १९ मा निर्वतमान अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख रहेका बराललाई आन्तरिक राजस्व विभागका महानिर्देशक बनाएका थिए।

images

हाल सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा रहेका दीर्घराज मैनालीलाई हटाएर बराललाई महतले विभागको जिम्मेवारी दिएका थिए।

images

महानिर्देशक भएको एक महिना पूरा नहुँदै राजनीतिक गठबन्धन भत्किएकाले उनको सरुवा निश्चित देखिएको छ। बजेट निर्माणको तयारी अगाडि बढिरहँदा राजस्वसम्बन्धी आवश्यक छलफल गर्नुपर्ने भएकाले पुनले आफ्ना विश्वासपात्र आन्तरिक राजस्व विभागमा ल्याउने तयारी गरेका छन्। 

images
images

विभागबाट बरालको सरुवा हुने चर्चा सुरु भएसँगै नयाँ महानिर्देशकका लागि दौडधुप सुरु भएको छ। यसअघि अर्थ मन्त्रालय जाने चर्चा भएका तर अन्तिम समयमा वातावरण विभागका महानिर्देशक बनेका शिवलाल तिवारी आन्तरिक राजस्व विभागको महानिर्देशकको प्रवल दाबेदारमा रहेको बताइएको छ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका ढुण्डीप्रसाद निरौला र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिम प्रमुख रामप्रसाद आचार्यले पनि महानिर्देशक बन्नका लागि लविङ गरिरहेको अर्थ मन्त्रालय स्रोतको दाबी छ। 

यस्तै आन्तरिक राजस्व विभागसँगै भन्सार विभागको महानिर्देशक पनि फेरिने चर्चा सुरु भएको छ। भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल नेपाली कांग्रेसनिकट क्याडर मानिन्छ। उनलाई प्रकाशशरण महतले विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए।

उनको ठाउँमा पुनले कसलाई महानिर्देशक बनाउने भन्ने हालसम्म खुलेको छैन। यद्यपी समान्य प्रशासन मन्त्रालयमा प्रवक्ता रहेका कमलप्रसाद भट्टराईलाई विभागको महानिर्देशकको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ। 

आन्तरिक राजस्व विभाग, भन्सार विभाग र यी विभागअन्तर्गतका कार्यालयहरूमा समेत कार्यालय प्रमुखसहितको कर्मचारीको सेट नै परिवर्तन गर्ने तयारीमा अर्थमन्त्री पुन रहेका छन्।

यस्तै अर्थ मन्त्रालयभित्रका महाशाखा प्रमुखको पनि व्यापक हेरफेर गर्ने तयारी गरिएको छ। हाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका उत्तरकुमार खत्री सरुवा हुने निश्चित भइसकेको छ। उनको ठाउँमा राजस्व प्रशासन महाशाखा प्रमुख रहेका रितेश शाक्यलाई बजेट तथा कार्यक्रममा महाशाखामा ल्याउने लगभग निश्चित रहेको अर्थ मन्त्रालय स्रोत बताउँछ। 

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाइएका टोकराज पाण्डेको पनि सरुवा हुने बताइएको छ।

यस्तै नीति विश्लेषण महाशाखामा रहेका महेश आचार्यको समेत सरुवा गर्ने तयारी रहेको बताइएको छ। 

यस्तै अर्थसचिव कृष्णहरी पुष्कर र राजस्व सचिव रामप्रसाद घिमिरेलाई भने पुनले सरुवा गर्न नचाहेको अर्थ मन्त्रालय स्रोतको दाबी छ।

माओवादीनिकट अर्थ प्रशासन बुझेका सचिवहरू अहिले नरहेकाले पनि पुष्करलाई नै निरन्तरता दिने मुडमा अर्थमन्त्री पुन रहेका छन्।

यस्तै राजस्व सचिवको अर्थ मन्त्रालयभित्र खासै ठूलो भूमिका नहुने भएकाले पुनलाई समर्थन गरेर कुनै पनि सचिव आउन तयार नरहेकाले घिमिरेले नै निरन्तरता पाउने मन्त्रालयभित्र चर्चा छ। 

माओवादीसँग खुलेर नै निकट भएका रामकृष्ण सुवेदी अहिले सञ्चार मन्त्रालयमा छन्। सञ्चारमा पनि प्रधानमन्त्रीको धेरै चासो भएकाले उनी आउने सम्भावना छैन। सुवेदीको चासो अर्थभन्दा गृहमा भएकाले पनि उनको सम्भावना न्यून रहेको छ। यस्तो अवस्थामा सबैतिर समन्वय गर्नसक्ने मानिएका पुष्करले सचिवमा निरन्तरता पाउने सम्भावना बढेको छ। 

images

प्रकाशित : शुक्रबार, फागुन २५ २०८०१२:३६

प्रतिक्रिया दिनुहोस