शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

घट्दो क्रममा लागेको सेयर बजारमा देखियो वृद्धि, २ अर्ब ३५ करोडको कारोबार

मंगलबार, चैत १३ २०८०
घट्दो क्रममा लागेको सेयर बजारमा देखियो वृद्धि, २ अर्ब ३५ करोडको कारोबार

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार साताको दोस्रो कारोबारमा मंगलबार वृद्धितर्फ देखिएको छ। 

सम्हालिएर उकालो लाग्ने अपेक्षा गरिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा घट्दो क्रम नै बढी देखिएको थियो। मंगलबार भने सामान्य सुधार देखिँदै बजार १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुगेको छ। १६८ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ। ६८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता पहिलो कारोबारमा सोमबार १७.०१ अंकले घटेर बजार २०३१.५५ बिन्दुमा झरेको थियो। जहाँ ३७ कम्पनीको मात्र सेयर मूल्य बढ्दा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँको कारोबार भएको थियो।

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन्। 

सत्ता गठबन्धनमा फेरबदल देखिएसँगै एकाएक उचालिएको सेयर बजारमा पुन: उतारचढाव भइरहेको हो। सरकारी निकायको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षामा थिए तर बजारले वृद्धितर्फको गति समात्न सकेको छैन। थग नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेको भए पनि बजारको अवस्थाले साथ दिइरहेको देखिँदैन।


प्रकाशित : मंगलबार, चैत १३ २०८०१५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend