शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सातै प्रदेशमा वित्तीय कार्यक्रम सञ्चालन गरी प्रभु बैंकले मनायो 'ग्लोबल मनी वीक'

मंगलबार, चैत १३ २०८०
सातै प्रदेशमा वित्तीय कार्यक्रम सञ्चालन गरी प्रभु बैंकले मनायो 'ग्लोबल मनी वीक'

प्रभु बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा कार्यालयमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ का अवसरमा विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। 'प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ बैंकले चैत ५ देखि ११ सम्म विभिन्न कार्यक्रमहरु गरेको हो।

आफ्ना विभिन्न शाखामार्फत विभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउन वित्तीय साक्षरता, साइकल र्‍याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रमहरु तथा प्रभातफेरी आयोजना गरिएको बैंकले जनाएको छ।

बैंकले विभिन्न समुदाय,महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ (आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्र गरौँ), बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिवृद्धि गर्दै आएको छ। अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संवेदनशील विवरण सेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको बैंकले जनाएको छ।

प्रभु बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा कार्यालय, ३ सय १० एटीएम र ७१ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।                      


प्रकाशित : मंगलबार, चैत १३ २०८०१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend