शनिबार, साउन १२ गते २०८१    
images
images
images

लगानी सम्मेलनको सोकेसमा आईएमई समूहको दुई ठूला केबलकार परियोजना, १३ अर्ब लगानी हुने

images
मंगलबार, चैत १३ २०८०
images
images
लगानी सम्मेलनको सोकेसमा आईएमई समूहको दुई ठूला केबलकार परियोजना, १३ अर्ब लगानी हुने

ग्रुपले जाल्पादेवी केबलकार परियोजनामा रिसोर्टसहित ५ अर्ब रुपैयाँ र सिक्लेस परियोजनामा ८ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिरहेको छ।

images

काठमाडौं- सरकारले आगामी बैशाख १६ र १७ गते आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनमा आईएमई समूहले दुई ठूला केबलकार परियोजना सोकेसमा राख्ने भएको छ।

images
images

एकपछि अर्को केबलकार परियोजना निर्माणमा केन्द्रित भएको आईएमई ग्रुपले सिक्लेस र जाल्पादेवी केबलकार परियोजना निर्माणका लागि सोकेसमा राख्न लागेको हो।

images

नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले तेस्रो लगानी सम्मेलनमा दुई ठूला केबलकार परियोजना सोकेसमा राख्नका लागि लगानी बोर्डमा सूची पठाएका छन्। 

ग्रुपले जाल्पादेवी केबलकार परियोजनामा रिसोर्टसहित ५ अर्ब रुपैयाँ र सिक्लेस परियोजनामा ८ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिरहेको छ। 

images

ग्रुपले प्रत्यक्ष वैदेशिक लगानीमार्फत दुई परियोजना एकैसाथ अगाडि बढाउन लागेको हो। चिनियाँ, मलेसियन तथा भारतीय लगानीकर्तासँग दुई परियोजनाका विषयमा ढकालले छलफल गरिरहेका छन्। कुन लगानीकर्ता भित्र्याउने भन्ने विषय भने टुंगो लगाउन बाँकी छ। सोही कारण पनि सम्मेलनमा सोकेसमा राख्न लागिएको हो। 

पर्यटकीय कास्कीमा थपिने केबलकार

पर्यटकीय जिल्ला कास्कीमा थप एक केबलकार परियोजना थप्नेगरी सिक्लेस अन्नपूर्ण केबलकार प्रालिले केबलकार निर्माण गर्ने छ। कास्कीको मादी गाउँपालिका सिक्लेसमा केबलकार बन्ने छ।  

मादी गाउँपालिकाको वडा नं १ र २ मा फैलने परियोजनामा केबलकारको तल्लो स्टेसन कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ र माथिल्लो स्टेसन सोही गाउँपालिकाको वडा नं. २ मा रहने छ। तल्लो स्टेसन सिक्लेस गाउँको प्वरयुम भन्ने स्थानमा रहने भएको छ। माथिल्लो स्टेसन सिक्लेसको कोरी डाँडामा रहनेछ। केबलकार ६.४१ किलोमिटर लामो रहनेसमेत परियोजनाले जनाएको छ। 

durga prasai.jpg
सिक्लेस गाउँ कास्की।

केबलकार २७.९९ हेक्टर क्षेत्रफलमा बन्ने भएको छ। यसमध्ये तल्लो स्टेसनमा ७.४६ हेक्टर, बीचको स्टेसनमा २.०४ हेक्टर र माथिल्लो स्टेसनमा ५.७६ हेक्टर जमिन रहने छ। टावरका लागि १२.७३ हेक्टर जमिन प्रयोग हुने भएको छ। यो केबलकार सञ्चालन अवधि ३० वर्ष तोकिएको छ।

काठमाडौंबाट २३० किलोमिटरको दूरीमा आयोजना रहने छ। आयोजना क्षेत्रबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्मको दूरी ३० किलोमिटर रहने छ। पोखराबाट प्रस्तावित तल्लो स्टेसनसम्म कच्ची बाटोको पहुँच रहेको छ।

यो केबलकारमा नेपालमा अहिले सञ्चालित केबलकारभन्दा फरक रुपमा बीचमा समेत स्टेसन रहने भएको छ। जहाँ यात्रु झर्न र चढ्न पनि सक्ने भएका छन्। केबलकारमा कुल ६० वटा बक्स (गोण्डुला) रहने गरी परियोजनाको डिजाइन गरिएको छ। एउटा बक्समा ८ जनाले एक पटकमा यात्रा गर्न सक्ने छन्। प्रतिदिन ६ हजार जना (अधिकतम) ले यात्रा गर्न सक्ने क्षमता रहेको छ। 

सुदूरपश्चिममै पहिलो केबलकार निर्माण हुँदै

सुदूरपश्चिममै पहिलोपटक केबलकार निर्माण हुने भएको छ। आईएमई ग्रुपको ६० प्रतिशत तथा कैलालीवासीको ४० प्रतिशत लगानीमा कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालन गर्न लागिएको हो। उक्त परियोजना पनि तेस्रो लगानी सम्मेलनको सोकेसमा राख्न लागिएको छ। 

केबलकार र रिसोर्टसहित ५ अर्ब रुपैयाँ लगानी गरिने उक्त परियोजना जाल्पादेवी केबलकार प्रालिको नामबाट सञ्चालन हुने छ। केबलकार सञ्चालनका लागि कम्पनीको नाममा एक सय बिगाहा जग्गा नामसारी भइसकेको छ।

त्यस्तै केबलकार सञ्चालनका लागि ३ दशमलव २ किलोमिटर लम्बाइ रहनेगरी अनुमति लिइसकिएको छ। केबलकारको निर्माण दुई वर्षभित्रै सम्पन्न हुनेगरी परियोजना तयार पारिएको छ। केबलकार निर्माणसँगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण गरिने योजना छ। 

समूहले सबैभन्दा पहिले काठमाडौंको चन्द्रागिरिमा केबलकार निर्माण गरेको थियो। त्यसपछि गत वर्षदेखि नवलपरासीको गैँडाकोट-१ स्थित मौलाकालिका मन्दिरमा गैँडाकोट-मौलाकालिका केबलकार सञ्चालनमा आइसकेको छ। बुटवल-पाल्पा-बसन्तपुर जोडिएको लुम्बिनी केबलकार पनि व्यावसायिक रुपमा सञ्चालनमा आइसकेको छ।

समूहले ताप्लेजुङमा रहेको पाथिभरामा पनि केबलकार निर्माणका लागि तयारी गरिएको छ। पाथीभरा मुकुम्लुङ केबलकार निर्माणका सम्बन्धमा तयारीका विभिन्न कामहरू भइरहेका छन्। 

यी हुन् तेस्रो लगानी सम्मेलनको सोकेसमा राखिने १३५ परियोजना यी हुन् तेस्रो लगानी सम्मेलनको सोकेसमा राखिने १३५ परियोजना


प्रकाशित : मंगलबार, चैत १३ २०८०१२:०६
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend