सोमबार, वैशाख २४ गते २०८१    
images
images

यी हुन् तेस्रो लगानी सम्मेलनको सोकेसमा राखिने १३५ परियोजना

प्रसारण लाइन, सुरुङ मार्गदेखि बहुतले पार्किङसम्म

images
images
images
यी हुन् तेस्रो लगानी सम्मेलनको सोकेसमा राखिने १३५ परियोजना
images
images

काठमाडौं- लगानी बोर्डले तेस्रो लगानी सम्मेलनको लागि सोकेसमा प्रस्तुत गरिने १ सय ३५ परियोजनाको सूची तयार पारेको छ। आगामी बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनका लागि विभिन्न मन्त्रालयहरूले १ सय २८ र निजी क्षेत्रले ७ वटा परियोजना प्रस्तुत गर्नेगरी सूची तयार पारिएको हो। 

images
images
images

लगानी बोर्डले सम्मेलन निर्देशक समितिको चौथो बैठकमा परियोजनाहरू प्रस्तुत गरेको छ। अर्थमन्त्रीसहित बसेको निर्देशक समितिको बैठकमा १ सय ३५ परियोजना तयार पारिएको हो।

images

अन्तिमसम्म केही परियोजनाहरू अझै थपिने वा काटिन सक्ने लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए। ‘सम्मेलनका लागि अहिले परियोजनाको अवस्था र नेपाललाई फाइदा हुने विषयलाई मार्केटिङ गर्नका लागि तयारी गरिएको छ,’ प्रवक्ता उपाध्यायले भने।

images

बोर्डले तयार पारेको परियोजनामा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भइसकेका, डीपीआर हुन बाँकी, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार भएका आयोजनाहरू पनि राखिएका छन्।

images
images

समावेश भएका परियोजनामा केही नयाँ परियोजनाहरू पनि छन्। सबैभन्दा धेरै जलविद्युत् आयोजना रहेको छ। सुरूङमार्गका परियोजनाहरू पनि पेश गरिने छन्। प्रसारण लाइन पनि दर्जनौँ संख्यामा राखिने छ। प्रसारण लाइन पनि सरकारले पीपीपी मोडलमा निर्माण गर्नेगरी प्रस्ताव गरिएको छ। 

लगानी बोर्डका अनुुसार एक दर्जन आयोजनाको भने सम्मेलनकै समयमा सम्झौता गर्ने तयारी छ।

लगानी सम्मेलनमा परियोजना विकास सम्झौता (पीडीए) तीन परियोजनाको हुँदैछ। त्यस्तै लगानी सम्झौता (पीआई) एक परियोजनामा हुने तय रहेको छ। जुन निजी लगानी रहेको छ। १७ वटा परियोजनाको आशयपत्र मागिने छ। बजारीकरण गरेर माग गरिने ११ परियोजना तयार पारिएको छ।

त्यस्तै अध्ययनको चरणमा रहेका ३७ परियोजना पनि सोकेसमा राखिने छ। वित्तीय व्यवस्थापन गर्नमात्रै बाँकी रहेका २९ परियोजना र निजी क्षेत्रका ९ परियोजना पनि सोकेसमा राखिने छ। निजी क्षेत्रकै ७ परियोजना नयाँ राखिएको छ। त्यस्तै स्थानीय तहका ४ र अन्य परियोजना १७ गरी १३५ परियोजना सोकेस गरिएको छ। 

सम्मेलनमा चार परियोजनामा सम्झौता गर्ने तयारी पूरा भइसकेको छ। जुन सम्झौतासँगै डाबर नेपालले भारतबाट ९ अर्ब ६८ करोड ६३ लाख भारतीय लगानी नेपाल ल्याउने छ। ३ सय २७ मेगावाटको अपर मर्स्याङ्दी-२ मा पनि चिनियाँ लगानी हुनेछ। बुटवल पावरसहित चीनको सिन्चेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनलले परियोजनामा ७८ अर्ब ३० करोड ६४ लाख रुपैयाँ लगानी गर्दै छन्।

झापाको दमकमा ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन, जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन परियोजना डेभलपमेन्ट कम्पनी लिमिटेड र दमक क्लिन इन्डस्ट्रियल पार्कले संयुक्त रूपमा ६४ अर्ब ९० करोड लगानी गर्दै छन्। बाँके र कपिलवस्तुमा बन्ने १२५/१२५ मेगावाटको सोलार प्लान्ट परियोजनामा सिंगारपुरको राइजेन इनर्जीले २१ अर्ब ६० करोड लगानी गर्दै छ।

२९ परियोजनाको वित्तीय व्यवस्थापन 

तेस्रो लगानी सम्मेलनमा २९ परियोजनाको वित्तीय व्यवस्थापनका लागि काम गर्ने तयारी गरिएको छ। 

जसमा घुन्सा खोला हाइड्रोइलेक्ट्रिक परियोजना, सिम्बुवा खोला हाइड्रोइलेक्ट्रिक परियोजना, मुगु कर्णाली स्टोरेज, वेतन कर्णाली परियोजना, इनरुवा अनरमनी ४०० केभी प्रसारणलाइन, तिंगला-दुधकोशी-ढल्केवर ४०० केभी प्रसारणलाइन, मातातिर्थ-डुकुछाप २२० केभी प्रसारणलाइन, डकुछाप-टेकु २२० केभी प्रसारणलाइन, दधुकोशी स्टोरेज परियोजना, उपर अरुण परियोजना, बुढीगण्डकी प्रोक, सेती नदी-३ परियोजना रहेका छन्।

यस्तै सुनकोशी-३ परियोजना, चैनपुर सेती हाइड्रोपावर, लम्छी-चिन्छु-दोधारा-न्यू अत्तरीया ४०० केभी प्रसारणलाइन, तिंगला हव-न्यूख्मिती-सुनकोशी-ढल्केवर ४०० केभी प्रसारणलाइन, बुढीगण्डकी करिडोर ४०० केभी प्रसारणलाइन, दमौली-कुश्मा-बाफीकोट डवर सर्किट ४०० केभी प्रसारणलाइन, सम्बिुवा खोला परियोजना, तमोर-ढुंगेसाँगु २२० केभी प्रसारणलाइन, हितर-सितापाटी अरुण करिडोर ४०० केभी, ४१७ मेगावाट नलगाड परियोजना, ७.१ मेगावाट टाक्सु खोला परियोजना, जगदुल्ला जलविद्युत परियोजना, ८२८ मेगावाट क्षमताको उत्तरगंगा स्टोरेज परियोजना, ५४ मेगावाटको माकाली सेती क्याक्सेट पिकिङ परियोजना, र ७२ मेगावाटको सेती नदी पिकिङ परियोजना रहेका छन्। 

१७ परियोजनाको आशयपत्र मागिने 

सम्मेलनमा १७ वटा परियोजनाको आशयपत्र मगिने भएको छ। जसका लागि दैजी औद्योगिक ग्राम, शक्तिखोर औद्योगिक ग्राम, बबरमहलमा बहुतउपयोगी प्रशाशनिक भवन, हाइ एन्ड रिसोर्ट, महादेश खोला खानेपानी परियोजना, १० मेगावाटको कर्णाली चिसापानी वायु विद्युत परियोजना, २१८ मेगावाटको नौमुरे परियोजना रहेका छन्।

यस्तै १२१६ मेगावाटको खिम्ती स्टोरेज परियोजना, ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना, ५३.८५ मेगावाटको  उपर चमेलिया, विशेष आर्थिक क्षेत्र पाँचखाल, ३० मेगावाटको खाउदी खोला जलविद्युत योजना, ६५० मेगावाटको कालिगण्डकी-२ स्टोरेज परियोजना, ३७७.१ मेगावाट भारबुङ स्टोरेज, ४० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना, ३४.९३ मेगावाटको सुपर बुढीगण्डकी जलविद्युत परियोजना राखिएको छ। 

‘मार्केट साउन्डडिङ’ ११ परियोजना

सम्मेलनका लागि ‘मार्केट साउन्डडिङ’ का लागि ११ परियोजना तयार पारिएको छ। जसमा पोखरा इन्टरनेशनल कन्भेन्सन सेन्टर (पीआईसीसी), सिस्नेरी वाटर सप्लाई परियोजना, चन्द्रगिरि-चित्लाङ-पालुङ-चितवन एक्सप्रेस वे, जानकारी हेरिटेज होटल एन्ड कल्चर भिलेज परियोजना र धनुषाधाम, मलेखु-लोथर सुरुङ मार्ग, धुलिखेल मेडिसिटी परियोजना, खप्तड नेशनलन पार्क विकास, सुदूरपश्चिम पब्लिक ट्रान्सपोर्ट परियोजना, दाउन्ने-खानडाँडा सुरुङ मार्ग, मिर्चैया-कटारी घुम्ती रोड, धरान सुरुङ मार्ग राखिएको छ। 

यी हुन् अन्य परियोजना

- नेपाल-चीनमैत्री औद्योगिक ग्राम
- अपर मर्स्याङ्दी
- कोहलपुर र वाणगंगा सोलार ग्रिण 
- डाबर नेपालको क्षमता विस्तार

-  लुम्बिनी करिडोरमा विद्युतीय मोबिलिटी विकास
-  उपत्यकाको विभिन्न ठाउँमा बहुतले पार्किङ 
-  बधशाला निर्माण तथा मासुको गुणस्तर परिक्षण आयोजना
-  चिया बिक्री केन्द्र तथा गोदाम स्थापना तथा सञ्चालन
-  बल्क कोल्ड स्टोरेज
-  कांके देउराली खानेपानी परियोजना
-  थान्सेखोला खानेपानी परियोजना
-  कम्प्रेस्ड बायोग्यास प्लान्ट
-  बडिमालिका पर्यटन विकास परियोजना
-  काठमाडौं उपत्यकाको च्रकपथमा विद्युतीय र्‍यापिड ट्रान्जिट बस
-  चितवन-रामपुर-बुटवल एक्सप्रेस वे
-  चितवन-रामपुुर-पोखरा एक्सप्रेस वे
-  विद्युतीय सवारीका लागि फास्ट चार्जिङ स्टेसन 
-  ग्लास उत्पादन 
-  ग्रेट लुम्बिनी टुरिष्ट सर्किट यातायात परियोजना
-  आईटी तथा टेक्नो पार्क 
-  मुदी पर्यटन विकास परियोजना
-  फिल्म सिटी दोलखा
-  गौतम बुद्ध प्रसुती अस्पताल
-  गेट हिमालयन ट्रेल
-  तालतलैया बहुउद्देश्यीय पर्यटन परियोजना
-  मधेस प्रदेशमा सार्वजनिक यातायात विकास परियोजना
-  सार्वजनिक तथा सामुदायिक विद्यालय सुधारका लागि पूर्वाधार तथा शिक्षण सिकाइ परियोजना
-  पश्चिम सेती सहरी विकास 
-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको ह्याङगर निर्माण परियोजना
-  हेम्जा-नयाँपुल सुरुङ मार्ग
-  थानकोट-चित्लाङ सडक र सुरुङ मार्ग
-  कोखाजोर जलाशययुक्त जलविद्युत
-  सुनकोसी-२ जलविद्युत आयोजना
-  कनकाई जलविद्युत आयोजना
-  विशेष आर्थिक क्षेत्र सिमरा 
-  डाँडागाउँ खलंगा भेरी हाइड्रोपावर परियोजना
-  बबई छिन्चु सुरुङ
-  ललितपुरको लगनखेलमा अन्डरग्राउन्ड बजार
-  पाटनढोका, जावलाखेल र लामाचौरमा भर्टिकल पार्किङ संरचना
-  मल्टिलेयर कार पार्किङ योजना
- पोल सिजनिङ तथा ट्रिटमेन्ट प्लान्ट

- हरेक प्रदेशमा सरकारी कर्मचारीका लागि अपार्टमेन्ट
- सुपादेउराली चुनढुंगा खानी
- डोलमाइट उत्खनन्
- धुनीबेँसी चुनढुंगा खानी
- फलाम तथा तामा खानी सम्भाव्यता अध्ययन
- ग्रेनाइटको सम्भाव्यता अध्ययन
- ग्रेनाइट उत्खनन्
- काष्ठ उद्योग
- रासायनिक मल उत्पादन कारखाना

- सिकलेस अन्नपूर्ण केबलकार
- जाल्पादेवी केबलकार
- भरतपुर आइसल्याण्ड रिसोर्ट एण्ड वाटर पार्क परियोजना
- मध्य कालिगण्डकी हाइड्रोपावर
- तिप्ल्याङ कालिगण्डकी हाइड्रोपावर
- आईएमई सिमेन्ट परियोजना
- काठमाडौं प्राविधिक विद्यालय

- घुन्चोक पोखरी पर्यटकीय परियोजना
- रुद्रपुरगढी पर्यटन विकास परियोजना
- अर्घाखाँची मुलाबारी पैदल मार्ग
- बर्दियाका तालतलैया विकास

images

प्रकाशित : शुक्रबार, चैत ९ २०८००२:३१
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस