सोमबार, वैशाख २४ गते २०८१    
images
images

नेपाल एयरलाइन्सको हवाई सुरक्षामा आईकाओ र ईयूको गम्भीर चासो

निरन्तर कमजोरी देखिएपछि कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने तयारीमा प्राधिकरण

images
images
images
नेपाल एयरलाइन्सको हवाई सुरक्षामा आईकाओ र ईयूको गम्भीर चासो

कुनै निजी वायुसेवा कम्पनीमा नेपाल वायुसेवा निगममा जस्तो यति धेरै कमजोरीको विषय देखिएको भए तत्कालै ग्राउन्डेड गरिने थियो।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा चरम लापरबाही भएको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र युरोपेली युनियन (ईयू) ले नेपाल नागरिक उड्डयन प्राधिकरणमा असहमति पत्र पठाएको छ। 

images
images
images

दुवै संस्थाले गम्भीर चासो दिँदै नेपाल वायुसेवा निगममाथि तत्काल कारबाही नभए उड्डयन प्राधिकरणमाथि नै जुनसुकै कदम चाल्ने चेतावनी आईकाओ र ईयूले दिएका छन्। 

images

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले सुरक्षासँग सम्बन्धित तीनवटा अत्यावश्यक विभागलाई नेतृत्वविहीन बनाएका छन्।

images

निगममा गएको ६ महिनादेखि उडानयोग्यता व्यवस्थापनसम्बन्धी विषयमा काम गर्ने 'कन्टिन्युइङ एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन' (क्यामो) म्यानेजर खाली रहेको छ। जसमार्फत जहाजको योग्यता जाँच गरेपछिमात्रै उडान गर्ने व्यवस्था रहेको छ। त्यसमा उडानको योग्यता स्वीकृत गर्ने एएमओ (एप्रुभ्ड मेन्टेनेन्स अर्गनाइजेसन) पनि रिक्त राखिएको छ। 

images
images

निगमको ड्युटी मर्मतसम्भार विभाग, कन्टिन्युइङ एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसन र कर्पोरेट सुरक्षा विभागलाई नेतृत्वविहीन बनाइएको हो। यी विभागहरू महत्त्वपूर्ण रूपमा विमान मर्मत र सुरक्षासँग सम्बन्धित छन्।

निगमले ६ महिनाअघि ड्युटी मेन्टिनेन्स विभाग र कन्टिन्युइङ एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसनका प्रबन्धकलाई ग्राउन्डेड गरेको थियो। नेपालबाट साउदी अरेबियाको दमामका लागि उडेको विमान पाकिस्तानको हवाई क्षेत्रबाट फर्किएको थियो। उडान गर्दा नजिकैको विमानको बारेमा चेतावनी दिने प्रणालीमा प्राविधिक समस्याहरू थिए। त्यसपछि विमान नेपाल फर्कियो।

उक्त घटनामा निगमले मर्मतसम्भार विभागबाट डीके सञ्जेल र कन्टिन्युइङ एयरओर्थिनेस म्यानेजमेन्ट अर्गनाइजेसनबाट उपेन्द्र पौडेललाई ग्राउन्डेड गरेको थियो। एकपटक ग्राउन्ड भएपछि उनीहरूलाई निगम व्यवस्थापनले कुनै जिम्मेवारी दिएन। सेफ्टी डाइरेक्टरको कम अनुभव भएका विकास थापालाई जिम्मेवारी तोक्ने प्रस्ताव रोकिएको छ। जसका कारण वायुसेवा निगममा जहाजको अवस्थाका बारेमा समेत चेकजाँच नगरी नै उडान गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्राधिकरणको हवाई सुरक्षा विभागले पटक-पटक निगमको बारेमा प्रश्न उठाउँदै आएको छ। प्राधिकरण नेतृत्वले पनि निगम नेतृत्व र मन्त्रीदेखि प्राधानमन्त्रीसम्मलाई निगमका बारेमा जानकारी गराइसकेको छ। तर राष्ट्रिय ध्वजावाहक भन्दै कारबाही गर्नबाट रोकिएपछि अहिले झनै गम्भीर समस्या सिर्जना भएको छ। 

सेटिङमा हुने फाइदाका कामबाहेक निगममा सुधारका लागि आवश्यक काम नगर्ने तर कारबाहीबाट जोगिन अख्तियारदेखि अदालतसम्म धाउने गरेका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अब भने प्राधिकरणले कारबाही गर्ने भएको छ। प्राधिकरण स्रोतका अनुसार केही दिनभित्रै कार्यकारी अध्यक्षबाट उनलनई बर्खास्त गर्ने तयारी गरिएको छ। 

नियामक निकाय प्राधिकरणलाई जुनसुकै एयरलाइन्सका अध्यक्ष, पाइलट, इन्जिनियर तथा सीईओलाई हवाई सृुरक्षामा लापरबाही गरेको पाइएमा कारबाही र बर्खास्त गर्ने अधिकार रहेको छ। सोही अधिकार प्रयोग गरेर कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउन लागिएको प्राधिकरणले जनाएको छ। 

ईयूले यसअघि नै वायुसेवा निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै प्राधिकरण नेतृत्वलाई पत्र नै लेखेको थियो। त्यसपछि उड्डयन प्राधिकरणले पाँच दिन समय लगाएर निगमको हवाई सुरक्षाको विस्तृत अडिट गरेको थियो। ईयूले नेपाल वायुसेवा निगमका कारण नै कालोसूचीबाट हटाउन नसक्ने प्रतिवेदन सार्वजनिक गरेसँगै नियामक निकाय प्राधिकरणले निगमको अडिट गरेको थियो। 

विस्तृत अडिटपछि निगमका थप कमजोरीहरू देखिएका थिए। जसका कारण जुनसुकै बेला ग्राउन्डेड गर्नुपर्ने अवस्था आउने निष्कर्षसमेत प्राधिकरणले निकालेको थियो। निगमको हवाई सुरक्षाको स्थिति नाजुक देखिएकोले प्रधानमन्त्री र मन्त्रीतहमै जानकारीसमेत गराइएको थियो। 

निगमको अडिटमा उडान सञ्चालन, सुरक्षा व्यवस्थापन प्रणाली, एयरक्राफ्ट ओर्दिनेस लगायतमा लापरबाही गरेको साथै आधारभूत सुरक्षा प्रणालीसमेत अबलम्बन नगरेको पाइएको छ। 

निगमसँग हाल चारथान ठूला र तीन थान साना जहाज छन्। चिनियाँ ६ थान जहाज वर्षौंदेखि ग्राउन्डेड छन्। विभिन्न १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा सयौँ यात्रु बोकेर उड्ने राष्ट्रिय ध्वजावाहकको चरम लापरबाहीले जुनसुकै बेला ठूलो दुर्घटना निम्तन सक्ने त्रास प्राधिकरण नेतृत्वमा छ। 

जब कि कुनै निजी वायुसेवा कम्पनीमा नेपाल वायुसेवा निगममा जस्तो यति धेरै कमजोरीको विषय देखिएको भए तत्कालै ग्राउन्डेड गरिने थियो।

नेपाल एयरलाइन्सले हवाई सुरक्षामा चरम लापरबाही गरेको विस्तृत अडिटको निष्कर्ष नेपाल एयरलाइन्सले हवाई सुरक्षामा चरम लापरबाही गरेको विस्तृत अडिटको निष्कर्ष   सात महिनादेखि नेपाल एयरलाइन्सको दुई करोड गायब सात महिनादेखि नेपाल एयरलाइन्सको दुई करोड गायब   'नेपाल एयरलाइन्सले गायब बनायो न्यारोबडी जहाज' 'नेपाल एयरलाइन्सले गायब बनायो न्यारोबडी जहाज'

images

प्रकाशित : आइतबार, चैत ११ २०८००६:०७

प्रतिक्रिया दिनुहोस