बिहीबार , वैशाख २० गते २०८१    
images
images

नेपाल एयरलाइन्सले हवाई सुरक्षामा चरम लापरबाही गरेको विस्तृत अडिटको निष्कर्ष

निगमको हवाई सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई जानकारी गराउने तयारी

images
images
images
नेपाल एयरलाइन्सले हवाई सुरक्षामा चरम लापरबाही गरेको विस्तृत अडिटको निष्कर्ष

प्राधिकरण स्रोतका अनुसार विस्तृत अडिटपछि निगमका थप कमजोरीहरू देखिएका छन्। जसका कारण जुनसुकै बेला ग्राउन्डेड गर्नुपर्ने अवस्था आउने निष्कर्षसमेत प्राधिकरणले निकालेको छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको पाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच दिन समय लगाएर निगमको हवाई सुरक्षाको विस्तृत अडिट गरेको थियो। 

images
images
images

युरोपेली युनियन (इयू) ले नेपाल वायुसेवा निगमका कारण कालोसूचीबाट हटाउन नसक्ने प्रतिवेदन सार्वजनिक गरेसँगै नियामक निकाय प्राधिकरणले निगमको अडिट गरेको हो।

images

प्राधिकरण स्रोतका अनुसार विस्तृत अडिटपछि निगमका थप कमजोरीहरू देखिएका छन्। जसका कारण जुनसुकै बेला ग्राउन्डेड गर्नुपर्ने अवस्था आउने निष्कर्षसमेत प्राधिकरणले निकालेको छ।

images

निगमको हवाई सुरक्षाको स्थिति नाजुक देखिएकोले प्रधानमन्त्री र मन्त्रीतहमै जानकारी गराउने तयारीसमेत प्राधिकरणले गरेको छ।

images
images

निगम सरकारी निकाय भएकाेले जाेखिम विचार गरेर प्रधानमन्त्री र मन्त्रीसँग सहमति लिएरमात्रै प्राधिकरण नेतृत्वले ग्राउन्डेड गर्ने तयारी गरेको छ।

प्राधिकरण स्रोतका अनुसार निजी वायुसेवा कम्पनीमा यति धेरै विषय देखिएको भए तत्कालै गाउन्डेड गरिने थियो तर राष्ट्रिय ध्वजाबाहक भएका कारण प्राधिकरण थप छलफलपछि मात्रै कारबाहीमा अघि बढ्ने भएको छ। 

निगमको अडिटमा उडान सञ्चालन, सुरक्षा व्यवस्थापन प्रणाली, एयरक्राफ्ट ओर्दिनेस लगायतमा लापरबाही गरेको साथै आधारभूत सुरक्षा प्रणालीसमेत अबलम्बन नगरेको पाइएको प्राधिकरणले जनाएको छ।

निगमसँग हाल चारथान ठूला र तीन थान साना जहाज छन्। चिनियाँ ६ थान जहाज वर्षौंदेखि ग्राउन्डेड छन्।

विभिन्न १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा सयौँ यात्रु बोकेर उड्ने राष्ट्रिय ध्वजाबाहकको चरम लापरबाहीले जुनसुकै बेला ठूलो दुर्घटना निम्तन सक्ने त्रास प्राधिकरण नेतृत्वमा देखिएको छ। 

अडिटको निष्कर्ष -

उडान सञ्चालन : प्राधिकरणबाट अनुमोदित प्रक्रियाहरू सबै क्षेत्रहरूमा लगातार पालना नगरिएको पाइएको छ। म्यानुअल अद्यावधिक छैन। सम्बन्धित कर्मचारी मापदण्डअनुसार प्रशिक्षित छैनन्। ट्विनअटर उडानमा 'क्याबिन क्रू इन्स्ट्रक्टर' समेत उपलब्ध छैनन्।

सुरक्षा व्यवस्थापन प्रणाली : सुरक्षा व्यवस्थापन कार्यहरूमा झनै लापरबाही गरिएको छ। सबैखाले खतराहरूमा काम गर्न सक्ने गरी प्रभावकारी सुरक्षा मापदण्ड पालना गरिएको पाइएको छैन। उडान र सञ्चालनका जोखिमहरूमा ध्यान दिइएको छैन। 

विमान उडान योग्यता : उड्डयन क्षेत्रमा आवश्यक पर्ने मापदण्ड र स्तरीयताअनुसार ह्याङर व्यवस्थापन भएको छैन। विमानलाई उडानयोग्य बनाउने प्रयासमा लाग्नुको सट्टा खरिद प्रक्रियाहरूमा मात्रै समय लगाइरहेको देखिन्छ। 

हवाई सुरक्षामा त्रुटी नै त्रुटी

निगमले खतराजन्य सामाग्री ‘ब्याट्री, रसायन’ आदि कार्गो उडानमार्फत ढुवानी गर्दा आवश्यक मापदण्ड लागू नगरेको भेटिएको छ भने त्यहाँ कार्यरत कर्मचारीलाई तालिमसमेत नदिएको पाइएको छ।

निगमको सबै उडान अवतरणमा भइपरी आउने जोखिम न्यूनीकरणका लागि आवश्यक सुरक्षा व्यवस्थापन प्रणाली नै लागू नभएको भेटिएको छ। निगमको जहाज मर्मतका लागि रहेको ह्याङ्गर नै अन्तर्राष्ट्रिय मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ।

जहाज मर्मत गर्नका लागि तोकिएको ह्याङ्गर क्षेत्र र संरचना भएपनि अन्तर्राष्ट्रियस्तरको मापदण्ड पालना गरेको पाइएको छैन। 

ईयूले समेत नेपाल एयरलाइन्स र श्री एयरलाइन्सका कारण नेपाललाई कालोसूचीबाट हटाउन नसकिएको प्रतिवेदन दिएको थियो। 

प्रतिवेदनमा अडिटमा परेका नेपाल एयरलाइन्स र श्री एयरलाइन्समा सेफ्टी मापदण्ड पूरा नभएको उल्लेख गरिएको छ। नियामकले देखाएका कमजोरी र निर्देशन परिपालना नगरेको, उडान तालिका व्यवस्थापन नभएको, उडान समय सीमितता, उडान योजनालगायत कारण देखाउँदै प्रतिबन्ध यथावत् राखिएको बताएको थियो।

सो प्रतिवेदन लगत्तै प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको थियो भने विस्तृत अडिट गर्ने निर्णयसमेत गरेको थियो। 

images

प्रकाशित : मंगलबार, पुस ३ २०८००७:३३

प्रतिक्रिया दिनुहोस