शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पाहुना पर्खंदै पूर्णगाउँ घरबास

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ११ २०८०
images
पाहुना पर्खंदै पूर्णगाउँ घरबास

गण्डकी प्रदेश सरकारको सहयोगमा पूूर्णगाउँका ११ घरमा सञ्चालन भएको घरबासमा प्रतिदिन २२ जना बास बस्ने क्षमता रहेको छ।

images
images

म्याग्दी- मङ्गला गाउँपालिका-१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरबास (होमस्टे) पाहुनाको पर्खाइमा छ। टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरबास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन। 

images
images
images

टोड्के पूर्णगाउँ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो समय पाहुना नआउँदा घरबास सुनसान रहेको बताए ।

images
images

'सुरु गरेको डेढ वर्षमा पाहुनाले दिन खाली हुँदैन्थ्यो, विदेशी पर्यटक पनि आउन थालेका थिए', उनले भने, 'कोरोनाको महामारी फैलिएपछि घरबासमा पाहुना आएका छैनन्, पाहुना आउने आशामा छौँ।' 

images
images

गण्डकी प्रदेश सरकारको सहयोगमा पूूर्णगाउँका ११ घरमा सञ्चालन भएको घरबासमा प्रतिदिन २२ जना बास बस्ने क्षमता रहेको छ। दूध, दहीसहितको अर्गानिक सादा खाना दुई सय, मासु खाना तीन सय तथा ‘बेड’को एक हजार मूल्य निर्धारण गरिएको छ। 

फापर, आलुु, मुला तथा बर्खायाममा निगालोको टुसाको परिकारको स्वाद लिन पाइन्छ। साथै यहाँ पारिवारिक वातावरणमा रमाउन पाइन्छ। गुन्द्रुकको अचार र सुप पनि चखाउने गरिएको घरबास सञ्चालक गङ्गा आचार्यले बताइन्। पर्यटक नआउँदा आम्दानीको अवसरबाट बञ्चित भएको उनले बताइन्। 

अग्रिम जानकारी गराए खीर, लोकल कुखुरा, खसीको मासु, सेलरोटीका साथै भजन, चुड्का, पुर्ख्यौली र पञ्चेबाजामा रमाउन पाइन्छ। उनका अनुसार पाहुनाघरमा स्वागत सत्कार गरेर बास बस्न घरघरमा लैजाने गरिएको छ। 

म्याग्दीको बेनीदेखि एक घण्टा ३० मिनेट गाडी र पाँच घण्टा पैदलयात्रा गरेपछि पूर्णगाउँ पुगिन्छ। पूर्णगाउँदेखि एक घण्टा उकालो पैदलयात्रा गरेपछि समुन्द्री सतहदेखि दुई हजार चार सय मिटर उचाइमा रहेको टोड्के पुगिन्छ। 

लालीगुराँसको जङ्गलकाबीचमा रहेको पहाडको टाकुरा टोड्केदेखि सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र पृष्ठभूमिमा धवलागिरि, नीलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल अवलोकन गर्न सकिन्छ। वसन्त ऋतुमा टोड्केको पाखा लालीगुराँस फुलेर रङ्गिएको छ।

छोटो अवधिको बिदा मनाउन र सहरी क्षेत्रको कोलाहलबाट मुक्त भएर एकान्त वातावरणमा रमाउनका लागि टोड्के उपयुक्त गन्तव्य हो। सडक यातायात पुगेको टोड्केमा खान, बस्नका लागि व्यवस्थित होटल र घरबास पनि छ। 

धौलागिरि पानोरमा सांस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्गमा समेटिएको टोड्के हुँदै मालिका, ठाडाखानी, कुइँनेखानी, झिँलगायतका गाउँ र धार्मिक पर्यटकीयस्थलको भ्रमणमा पनि जान सकिन्छ। रासस


प्रकाशित : आइतबार, चैत ११ २०८०१६:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend