आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

बीबी एयरवेजले ६ महिनाभित्रै दुईवटा एयरवस ३२० जहाजमार्फत अन्तर्राष्ट्रिय उडान थाल्ने

पहिलो चरणमा भारतको नयाँ दिल्लीसहित ७ सहरमा उडान हुने

images
images
images
बीबी एयरवेजले ६ महिनाभित्रै दुईवटा एयरवस ३२० जहाजमार्फत अन्तर्राष्ट्रिय उडान थाल्ने

पहिलाे चरणमै १० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न लागेको बीबी एयरवेजले केही वर्षपछि आईपीओसमेत जारी गर्ने जनाएकाे छ।

images
images

काठमाडौं-  बीबी एयरवेजले ६ महिनाभित्रै पहिलो चरणमा दुईवटा 'एयरवस ३२०' जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। गतसाता मात्रै ‘एनओसी’ पाएको बीबी एयरवेजले जहाज खरिद प्रक्रिया अगाडि बढाएको छ। 

images
images
images

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत रहेका भवन भट्ट अध्यक्ष रहेको ‘बीबी एयरवेज’लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज ल्याउन अनुमति दिएसँगै खरिद प्रक्रिया अगाडि बढेको हो।

images

बीबी एयरवेजले पहिलो चरणमा दुई थान एयरवस ३२० सिरिजका जहाज खरिद गर्नेगरी प्रक्रिया अगाडि बढाएको अध्यक्ष भट्टले जानकारी दिएका छन्। ‘६ महिनाभित्रै जहाज नेपाल ल्याएर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने छौँ’ भट्टले बिजनेस न्युजसँग भने। 

images

नेपाल वायुसेवा निगममा जस्तो लामो प्रक्रिया नहुने भएकोले जहाज बिक्री गर्ने विश्वका कम्पनीबाट सिधा खरिद हुनेसमेत उनले जानकारी दिए। उत्पादक कम्पनीमा अर्डर गर्दा कम्तिमा तीन वर्ष लाग्ने भएकोले बिक्री गर्ने दोस्रो कम्पनीमार्फत जहाज ल्याउन लागिएको उनले बताए।

images
images

‘एनओसी’ पाएको एयरवेजले अब जहाज ल्याएपछि उडानको लागि ‘एओसी’ पाउने छ। बीबी एयरवेजले उडान थालेपछि नेपालबाटै अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स तीनवटा हुने छन्। हिमालयन एयरलाइन्स र नेपाल वायुसेवा निगमले अहिले उडान गरिरहेका छन्।

बीबी एयरवेजले एयरवस ३२० का लागि करिब ७ अर्ब रुपैयाँको हाराहारीमा लगानी गर्ने छ भने भाडामा ल्याउने जहाजसहित पहिलो चरणमा नै करिब १० अर्ब रुपैयाँ लगानी गर्ने अनुमान छ। प्राधिकरणले कम्पनीलाई तीनवटा ‘एयरबस ३२०’ जहाज ल्याउन पाउनेगरी अनुमति दिएको छ। दुई जहाज खरिद नै गर्ने र तेस्रो जहाज भने भाडामा ल्याउनेसमेत भट्टले बताए। 

कम्पनीले पाँचवटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने योजनाअनुरुप लाइसेन्स नवीकरण गर्दै एओसीका लागि प्राधिकरणमा पत्र दिएको छ। विगतमा केही समस्या आउँदा उडान गर्न नसकेको बताउँदै अध्यक्ष भट्टले अब विश्वभर उडान गर्दै नेपालमा पहिलो हुनेगरी व्यवसाय विस्तार गर्नेसमेत बताए।

२०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एकवर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान ‘बोइङ ७५७-२००’ सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि कात्तिकमै उडान बन्द गरेको थियो। ‘विगतकै मैले राम्ररी ध्यान दिन नपाउँदा समस्या आएको थियो, अब नेपालमै बसेर बीबी एयरवेजलाई सफल बनाउनेगरी लगानी गर्न लागेको हो,’ अध्यक्ष भट्टले भने। 

पहिले तीन महिना पनि उडानमा टिक्न नसकेको बीबी एयरवेजको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बनमा परेको थियो। एओसी नै निलम्बन परेको एयरवेजले दुई वर्ष अगाडिदेखि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एयरलाइन्स सञ्चालनको अनुमति पत्र नवीकरण गरेको थियो।

बीबी एयरवेजले सबैभन्दा पहिला लाइसेन्समा फ्लिट (जहाज) को प्रकार परिवर्तन गर्दै इजाजत नवीकरण गरको थियो। पहिले बोइङ ल्याएर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भन्दै लिएको लाइसेन्स बीबी एयरवेजले एयरबस जहाज ल्याएर उडान गर्नेगरी अन्तर्राष्ट्रिय एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गरेको थियो।

एयरलाइन्स सञ्चालनको अनुमतिसँगै निलम्बनमा परेको एओसी ब्युँताउने प्रक्रिया एयरवेजले सुरु गरेको थियो। एयरवेजले एयरलाइन्स सञ्चालनको लाइसेन्स नवीकरण गर्नासाथ एओसी ब्युँताउन प्राधिकरणमा निवेदन दिएको थियो। बीबी एयरवेजले प्रि एप्लिकेसन, एप्लिकेसन र डकुमेन्टेसन चरण पार गरेको हो। डकुमेन्टेसन चरणमा नै बीबी एयरवेजको व्यावसायिक-वित्तीय व्यवस्थापनसम्बन्धी योजना स्वीकृत भएको थियो। 

पछिल्लो समय कम्पनीले ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुने अनुमान गरेको छ। जहाज ल्याएर उडान अनुमति (एओसी) लिएपछि पहिलो चरणमा नेपालबाट भारतका ७ भन्दा बढी सहरमा उडान गर्नेगरी काम गरिरहेको अध्यक्ष भट्टले जानकारी दिए। भारतको नयाँ दिल्ली, मुम्बई, कोलकातालगायत सहरमा उडान गर्नेगरी प्रक्रिया अगाडि बढाइएको छ।

‘पहिलो चरणमा भारतसहित मलेसिया, कतार, साउदी अरबलगायत मध्यपूर्वी एसियामा बजार हस्तक्षेप गर्ने छौँ,’ अध्यक्ष भट्टले भने।

नेपालबाट एयर टिकेटबापतको ठूलो रकम विदेशिएको र राष्ट्रिय ध्वजावाहकले बजार लिन नसकेको अवस्थामा चुस्त व्यवस्थापनमार्फत आक्रामक बजार विस्तारमा लाग्नेसमेत उनले बताए। ‘नेपाल आउने र जाने नेपाली र पर्यटक सबैलाई हवाई टिकटकै कारण गन्तव्य नै महँगो परेको छ, नेपाली एयरलाइन्स बलियो हुँदा प्याकेज नै सस्तो हुने छ,’ अध्यक्ष भट्टले भने। 

बीबी एयरवेजले उडान व्यवसायिकरुपमा सफल हुँदै गएपछि केही वर्षभित्रै जनतालाई पनि सेयर जारी गरेर आम नेपालीको लगानी हुने एयरलाइन्स बनाउनेसमेत तयारी रहेको छ। ‘हामीले साधारण सेयर (आईपीओ) पनि दिने छौँ, तर पहिले केही समय उडान स्थायित्व र विश्वासिलो बनाउन लाग्ने छौँ,’ अध्यक्ष भट्टले भने। 

भट्ट लामो समय जापानको विभिन्न व्यवसायमा संलग्न भएपछि नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्।

उले केही समयअगाडि काभ्रे पाँचखालमा रहेको धुलिखेल माउन्टेन रिसोर्ट बिक्री गरेका छन्। भट्टको कारोबार आर्थिक दैनिक, बिबी ट्रस्ट, बिबी होल्डिङ्स, युनाइटेड ब्रुअरीलगायत कम्पनीमा लगानी छ। बीबी होल्डिङ्सकै स्वामित्वमा दोलखामा तामाकोशी-३ आयोजनाको लाइसेन्ससमेत भट्टसँग छ।

भवन भट्टको बीबी एयरवेजले पायो तीनवटा एयरबस ल्याउने अनुमति भवन भट्टको बीबी एयरवेजले पायो तीनवटा एयरबस ल्याउने अनुमति

७० करोडमा बिक्री भयो भवन भट्टको धुलिखेल माउन्टेन रिसोर्ट ७० करोडमा बिक्री भयो भवन भट्टको धुलिखेल माउन्टेन रिसोर्ट

images

प्रकाशित : सोमबार, चैत १२ २०८०१०:३५

प्रतिक्रिया दिनुहोस