शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

भर्खरै बजार प्रवेश गरेको सर्वोत्तमको सेयर मूल्य लगातार बढ्दा घोराही, शिवम् र सोनापुरको भने घट्दै

आइतबार, चैत ११ २०८०
भर्खरै बजार प्रवेश गरेको सर्वोत्तमको सेयर मूल्य लगातार बढ्दा घोराही, शिवम् र सोनापुरको भने घट्दै

काठमाडौं- कारोबारमा आएको तेस्रो दिन पनि सकारात्मक सर्किट लाग्नेगरी सर्वोत्तम सिमेन्टको सेयर कारोबार भइरहँदा अन्यमा भने लगानीकर्ताको खास चासो देखिएको छैन।

बजारमा सूचीकृत भएका अन्य सिमेन्ट कम्पनीको सेयर मूल्यमा करेक्सन हुँदा पनि सर्वोत्तम सिमेन्टको सेयर भने निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ।

तेस्रो कारोबारको दिन सर्वोत्तम सिमेन्टको सेयर ७ सय ३९ रुपैयाँ ९० पैसामा सेयर खरिद-बिक्री भयो। 

यस्तै शिवम् सिमेन्ट प्रतिकित्ता ५४० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ। घोराही सिमेन्ट प्रतिकित्ता ५२६ रुपैयाँ र सोनापुर मिनिरल्स कम्पनीकोसेयर ४९० रुपैयाँ सेयर खरिद-बिक्री भइरहेको छ।

पछिल्लो समय सिमेन्ट कम्पनीको सेयरमा लगानीकर्ताको आकषर्ण देखिएको छ। भर्खरै बजार प्रवेश गरेको सर्वोत्तम सिमेटमा लगानीकर्ताको चासो बढेको हो। नेप्सेमा पुँजी कम भएका कम्पनीमा आकषर्ण बढ्ने गरेको छ। उक्त कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत भएको हो। जसमध्येमा ६० लाख कित्ता सर्वसाधारण तर्फको रहेको छ। जसमध्येमा योग्य लगानीकर्ता, म्युचुअल फण्ड र कर्मचारीहरूको सेयर लकमा रहेको छ। कम्पनीको सेयरले राम्रो उचाइ लिने लगानीकर्ताहरूको आँकलन छ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। सो सेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ। जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन नियमावलीअनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जसअनुसार ५५ हजार ५ सय २१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। 

यसरी बाँडफाँट गर्दा शेष रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरूमाझ बाँडफाँट गरिएको छ। जसअनुसार २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता सेयर प्राप्त गरेका छन्।


प्रकाशित : आइतबार, चैत ११ २०८०१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend