आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

विकास बैंकहरूको कर्जामा समस्या, खराब कर्जाको ग्राफ बढ्दो

images
images
images
विकास बैंकहरूको कर्जामा समस्या, खराब कर्जाको ग्राफ बढ्दो

पुस मसान्तमा सबैभन्दा धेरै खराब कर्जा हुने बैंकहरूको सूचीमा सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो स्थानमा रहेको छ।

images
images

काठमाडौं- पछिल्लो समय विकास बैंकहरूको कर्जामा समस्या बढ्न थालेको छ। अधिकांश विकास बैंकहरूको खराब कर्जाको ग्राफ बढिरहेको छ।

images
images
images

राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागले पुस महिनाका लागि प्रकाशन गरेको केएफआई रिपोर्टले अधिकांश विकास बैंकहरूको खराब कर्जा बढिरहेको देखाएको छ।

images

समस्याग्रस्त भएर २०७६ साउन २२ गतेबाट पुनः सञ्चालनमा आएको नारायणी विकास बैंकको खराब कर्जा २७.७५ प्रतिशत पुगेको छ।

images

गत असोजको तुलनामा पुसमा नारायणी विकास बैंकको खराब कर्जा १० प्रतिशत बिन्दुले बढेको हो। असोज मसान्तसम्ममा यस बैंकको खराब कर्जा १७.८१ प्रतिशत रहेको थियो।

images
images

पुस मसान्तमा सबैभन्दा धेरै खराब कर्जा हुने बैंकहरूको सूचीमा सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो स्थानमा रहेको छ। 

यस अवधिमा सप्तकोशी डेभलपमेन्ट बैंकको १४.१६ प्रतिशत खराब कर्जा रहेको छ। गत असोज मसान्तको तुलनामा भने यस बैंकले करिब ४ प्रतिशत बिन्दुले खराब कर्जा घटाएको छ। असोज मसान्तसम्ममा यस बैंकको खराब कर्जा १८.५० प्रतिशत रहेको थियो। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैभन्दा धेरै खराब कर्जा हुने विकास बैंकको सूचीमा साल्पा विकास बैंक तेस्रो स्थानमा रहेको छ। यस अवधिमा साल्पाको खराब कर्जा ६.४५ प्रतिशत रहेको छ। 

पहिलो त्रैमासको तुलनामा भने साल्पा विकास बैंकले पनि दोस्रो त्रैमासमा खराब कर्जा घटाएको छ। पहिलो त्रैमासमा यस बैंकको खराब कर्जा ८.४१ प्रतिशत रहेको थियो।

यस्तै गत असोजमा ७.५७ प्रतिशत खराब कर्जा रहेको एक्सेल डेभलपमेन्ट बैंकको खराब कर्जा पुस मसान्तमा ४.७० प्रतिशत कायम भएको छ।

यस्तै पुस मसान्तमा मुक्तिनाथ विकास बैंकको खराब कर्जा २.५१ प्रतिशत, ज्योति विकास बैंकको ४.८८ प्रतिशत, गरिमा विकास बैंकको २.९५ प्रतिशत, महालक्ष्मी विकास बैंकको ४.२१ प्रतिशत, साइन रेसुङ्गा विकास बैंकको २.६२ प्रतिशत, लुम्बिनी विकास बैंकको ३.५५ प्रतिशत, सांग्रीला विकास बैंकको ४.८९ प्रतिशत, कामनासेवा विकास बैंकको ३.४२ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको २.७४ प्रतिशत खराब कर्जा रहेको छ। यस अवधिमा सबैभन्दा कम खराब कर्जा सिन्धु विकास बैंकको १.०५ प्रतिशत रहेको छ।

यस्तै कर्णाली डेभलपमेन्ट बैंकको ४.४७ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ४.७० प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६६ प्रतिशत खराब कर्जा रहेको छ। 

यस अवधिमा विकास बैंकहरूको औषत खराब कर्जा ३.६१ प्रतिशत रहेको छ। असोज मसान्तमा विकास बैंकहरूको औषत खराब कर्जा ३.१९ प्रतिशत रहेको थियो।

images

प्रकाशित : शुक्रबार, चैत ९ २०८०१०:३०

प्रतिक्रिया दिनुहोस