आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

ग्लोबल आईएमई बैंकको ग्रीन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर

images
images
images
ग्लोबल आईएमई बैंकको ग्रीन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर

कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको छ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रीन ड्राइभ योजना सार्वजनिक गरेको छ।

images
images
images

यस ग्रीन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपांग्रे सवारीसाधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइने बैंकले जनाएको छ।

images

कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढीको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको छ। 

images

न्यूनतमसहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रीन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकाले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइ राखेकाहरुलाई यस योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ।

images
images

७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको बैंकले जनाएको छ।

images

प्रकाशित : बिहीबार , चैत ८ २०८००५:२१

प्रतिक्रिया दिनुहोस