शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

साताभर उही बिन्दु वरपर देखिएको सेयर बजार दोहोरो अंकले घट्यो, ४ अर्ब ३१ करोडको कारोबार

बिहीबार , चैत ८ २०८०
साताभर उही बिन्दु वरपर देखिएको सेयर बजार दोहोरो अंकले घट्यो, ४ अर्ब ३१ करोडको कारोबार

काठमाडौं- सुधारतर्फ जाने अपेक्षाविपरीत सेयर बजार लगातार उतारचढावमा देखिएको छ। सम्हालिएर उकालो लाग्ने अपेक्षा गरिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा घट्दो क्रम नै बढी देखिएको छ। 

यो साता आइतबार १०.६२ अंकले ओरालो लागेको सेयर बजार दोस्रो कारोबारमा सोमबार सम्हालिएर ३.२७ अंकले बढेको थियो। मंगलबार पुन: ६.२४ अंकले घटेको बजार बुधबार पनि ३.३४ अंकले घटेको थियो। बिहीबार पनि बजार ओरालो लागेको छ। यो साताभर उही बिन्दु वरपर देखिएको सेयर बिहीबार भने दोहोरो अंकले घट्यो। 

बिहिबार १५.३७ अंकले घटेर बजार २०४८.५७ बिन्दुमा झरेको छ। ४८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार रुपैयाँको कारोबार भएको छ। १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

सत्ता गठबन्धनमा फेरबदल देखिएसँगै एकाएक उचालिएको सेयर बजारमा पुन: उतारचढाव भइरहेको हो। सरकारी निकायको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षामा थिए तर बजारले वृद्धितर्फको गति समात्न सकेको छैन। थग नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेको भए पनि बजारको अवस्थाले साथ दिइरहेको छैन।


प्रकाशित : बिहीबार , चैत ८ २०८०१५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend