शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

निरन्तर उतारचढावमा सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

बुधबार, चैत ७ २०८०
निरन्तर उतारचढावमा सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

काठमाडौं- सेयर बजार लगातार उतारचढावमा देखिएको छ। सम्हालिएर उकालो लाग्ने अपेक्षा गरिएको बजारमा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। 

यो साता आइतबार १०.६२ अंकले ओरालो लागेको सेयर बजार दोस्रो कारोबारमा सोमबार सम्हालिएर ३.२७ अंकले बढेको थियो। मंगलबार पुन: ६.२४ अंकले घटेको बजार बुधबार पनि घटेको हो। 

बुधबार ३.३४ अंकले घटेर बजार २०६३.९५ बिन्दुमा झरेको छ। ९४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ। १४७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ। 

सत्ता गठबन्धनमा फेरबदल देखिएसँगै एकाएक उचालिएको सेयर बजारमा पुन: उतारचढाव भइरहेको हो। सरकारी निकायको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षा गरेका छन्। थग नीतिगत सहजता हुने आशमा संगठित लगानीकर्ताहरू रहेको भए पनि बजारको अवस्थाले साथ दिइरहेको छैन। पछिल्लो समय छिटोछिटो भइरहेको राजनीतिक फेरबदल र वास्तविक अर्थतन्त्रमा सुधारको संकेत नदिँदा लगानीकर्तामा निराशा कायमै छ।


प्रकाशित : बुधबार, चैत ७ २०८०१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend