शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

ग्लोबल मनी वीक : कुमारी बैंकले सुरु गर्‍यो रिकरिङ निक्षेप गोल क्याल्कुलेटर

मंगलबार, चैत ६ २०८०
ग्लोबल मनी वीक : कुमारी बैंकले सुरु गर्‍यो रिकरिङ निक्षेप गोल क्याल्कुलेटर

यो सुविधा निः शुल्क प्रयोग गर्न बैंकको वेबसाइटमा जान सकिन्छ। मोबाइल एपमा पनि यो सेवा छिट्टै उपलब्ध हुने बैंकले जनाएको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेडले 'रिकरिङ निक्षेप क्याल्कुलेटर' योजना सार्वजनिक गरेको छ। बैंकले ग्लोबल मनी वीकको १२औँ संस्करणको अवसरमा आफ्नो वेबसाइटमा सो सेवा सुरु भएको जनाएको हो।

ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो जसले युवाहरुलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरुको पहिचान र सो समाधानका उपायहरु सिकाउने गर्दछ। 

यस अभियानमा जोडिएको कुमारी बैंकले प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्ने जनाएको छ। बैंकका अनुसार यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधि र रकममात्र राखेर यसबाट निश्चित भविष्यमा जम्मा हुन सक्ने बचत, सो बचतबाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरु अनुमान गर्न सक्दछन्।

बैंकले रिकरिङ निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ भने बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरु जस्तै ईएमआई क्याल्कुलेटरहरु पनि उपलब्ध भएको बैंकले जनाएको छ। रिकरिङ निक्षेप क्याल्कुलेटर निः शुल्क प्रयोग गर्न तत्कालका लागि बैंकको वेबसाइटमा जान सकिन्छ। मोबाइल एपमा पनि यो सुविधा छिट्टै उपलब्ध हुने बैंकले जनाएको छ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ५१ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु ग्राहकलाई दिँदै आएको छ।


प्रकाशित : मंगलबार, चैत ६ २०८०११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend