आइतबार, साउन १८ गते २०८२    
आइतबार, साउन १८ २०८२
images
images

बुद्ध एयरको व्यापार बढ्दो, एक वर्षमै कमायो १२ अर्ब १६ करोड

images
मंगलबार, चैत ६ २०८०
images
images
बुद्ध एयरको व्यापार बढ्दो, एक वर्षमै कमायो १२ अर्ब १६ करोड

नेपालको आन्तरिक हवाई सेवामा बुद्ध एयरको एकछत्रजस्तै देखिएको छ। यात्रु संख्या तथा लगानीका आधारमा पनि बुद्ध एयरले पछिल्लो लामो समयदेखि बजारमा प्रभावशाली उपस्थिति देखाउँदै आएको छ।

images
images

काठमाडौं- आन्तरिक उडानमा ६२ प्रतिशत बजार हिस्सा ओगट्न सफल बुद्ध एयरको व्यापार निरन्तर रुपमा बढिरहेको छ।

images

बुद्ध एयरले २०७९/०८० मा मात्रै १२ अर्ब १६ करोड रूपैयाँ आम्दानी गरेको इक्राले गरेको रेटिङ विवरणमा उल्लेख छ।

images
images

बुद्ध एयरले पछिल्लो चार आर्थिक वर्षमा ३० अर्ब ५० करोड रूपैयाँ आम्दानी गरेको छ। जसमा बुद्ध एयरले आर्थिक वर्ष २०७६/०७७ मा ४ अर्ब ९४ करोड, ०७७/०७८ मा ३ अर्ब ३३ करोड, ०७८/०७९ मा १० अर्ब ९ करोड र २०७९/०८०मा १२ अर्ब १६ करोड आम्दानी गरेको छ।

images
images
images

बुद्ध एयरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै ३ अर्ब ८३ करोड आम्दानी गरेको छ। निरन्तर बढिरहेको बुद्ध एयरको आम्दानी आर्थिक वर्ष २०७७/०७८ मा भने कोरानाका कारण कमी आएको थियो।

नेपालको आन्तरिक हवाई सेवामा बुद्ध एयरको एकछत्रजस्तै देखिएको छ। यात्रु संख्या तथा लगानीका आधारमा पनि बुद्ध एयरले पछिल्लो लामो समयदेखि बजारमा प्रभावशाली उपस्थिति देखाउँदै आएको छ।

सन् २०२३ मा बुद्ध एयरको बजार हिस्सा दुई तिहाइभन्दा धेरै भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार बुद्धले २५ लाख ७७ हजार ६१८ यात्रुलाई सेवा दिएको छ।

कुल ४१ लाख ५० हजार ३२६ यात्रुले आन्तरिक उडानबाट यात्रा गरेका थिए। यसमा बुद्धको मात्र ६२ प्रतिशतभन्दा धेरै बजार हिस्सा देखिएको छ। स्थापनाको २७औँ वर्षमा बुद्ध एयरले ३ करोड यात्रुलाई सेवा दिइसकेको छ।

नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान सुरु गरेको बुद्ध एयरसँग हाल ७२ सिट क्षमताका एटीआर ७२ जहाज १४ र एटीआर ४२ तीनवटा रहेका छन्। अझै २ जहाज थप गर्ने योजना बनाइरहेको छ।

जहाज मर्मतसम्भारका लागि बुद्ध एयरसँग अत्याधुनिक ह्यांगर रहेको छ, जुन दक्षिणपूर्वी एसियाकै उत्कृष्टमध्ये एक हो। यो ह्यांगर विदेशबाट पनि पुरस्कृत भइसकेको छ। बुद्ध एयरले आफ्ना जहाज मात्रै मर्मतसम्भार नगरी स्वदेशी तथा विदेशी कम्पनीहरुलाई पनि सेवा दिइरहेको छ। 


प्रकाशित : मंगलबार, चैत ६ २०८०११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend