शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजारमा कारोबार, कतिमा होला पहिलो कारोबार?

मंगलबार, चैत ६ २०८०
सर्वोत्तम सिमेन्टको सेयर  दोस्रो बजारमा कारोबार, कतिमा होला पहिलो कारोबार?

सेयर सूचीकृत पश्चात दिनुपर्ने आरटिएस सेवा एनआइएमबि क्यापिटल लिमिटेड लाजिम्पाटबाट हुने कम्पनीले जानकारी दिएको छ।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम सिमेन्टको आईपीओ  सूचीकृत भएको छ। कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो।

सर्वोत्तमको सेयर आजबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ। कम्पनीको सेयरलाई नेप्सेले एसएआरबिटिएम कारोबार संकेत प्रदान गरेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली,उद्योग प्रभावित स्थानीय बासिन्दाहरु,योग्य संस्थागत लगानीकर्ताहरु र कर्मचारीहरुलाई निष्कासन गरेको ६० लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४ करोड ५ लाख  कित्ता गरेर कुल ४ करोड ६५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो। 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १८५. ३६ देखि ५५६.०८ रुपैयाँ ओपन रेञ्ज प्रदान गरेको छ। यही ओपन रेञ्जको आधारमा कम्पनीको सेयर मंगलवार आज बाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ। 

सेयर सूचीकृत पश्चात दिनुपर्ने आरटिएस सेवा एनआइएमबि क्यापिटल लिमिटेड लाजिम्पाटबाट हुने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले बुक विल्डिङ विधिबाट प्रति कित्ता ३६०. ९० रुपैयाँ फागुन १३ गतेदेखि  १६ गतेसम्म २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो।

 


प्रकाशित : मंगलबार, चैत ६ २०८०१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend