आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

रेसुंगा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

images
सोमबार, चैत ५ २०८०
images
रेसुंगा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको हो।

images
images

गुल्मी- रेसुंगा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ।

images
images
images

यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।

images
images

रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए। 'यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो। आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ', उनले भने।

images
images

नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार बिहान काठमाडौं-रेसुंगा-काठमाडौं उडान गर्दै आएको छ। काठमाडौं-रेसुंगा लागि सात हजार दुईसय ८० रूपैयाँ र रेसुंगा-काठमाडौं रुटका सात हजार ८० रूपैयाँ भाडादर निर्धारण गरिएको छ। रेसुंगा विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दुरीमा पर्छ। रासस


प्रकाशित : सोमबार, चैत ५ २०८०११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend