आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

संरक्षित क्षेत्रलाई विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बनाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २ २०८०
images
संरक्षित क्षेत्रलाई विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बनाइने

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्रहरू पर्यटकको मुख्य गन्तव्य रहेको प्रतिवेदनमा उल्लेख छ।

images
images

काठमाडौं- वन तथा वातारण मन्त्रालयले संरक्षित क्षेत्रहरूमा बाह्य पर्यटक वृद्धि गर्ने रणनीति लिएको छ। संरक्षित क्षेत्रलाई आकर्षक बनाएर आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ बाह्य पर्यटक बढाउने लक्ष्य लिइएको हो।

images
images
images

संरक्षित क्षेत्रमा बाह्यभन्दा आन्तरिक पर्यापर्यटन बढी भएको भन्दै विदेशी पर्यटक वृद्धि गर्ने लक्ष्य लिएको विभागले जनाएको छ।

images
images

विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटक सीमित रहेको भन्दै संरक्षित क्षेत्रमा बाह्य पर्यटकलाई आकर्षित गर्ने तयारी भएको बताए।

images
images

'नेपाल भ्रमण गर्न आउने ६० प्रतिशत पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन्, तर आन्तरिक पर्यटकभन्दा बाह्य पर्यटकको सङ्ख्या कम छ, अब विदेशी पर्यटकको सङ्ख्या बढाएर संरक्षित क्षेत्रबाट आर्थिक वृद्धि गर्ने लक्ष्य छ', उनले भने, 'यसका लागि हामी प्रचार-प्रसारलाई जोड दिनेछौँ, संरक्षित क्षेत्रभित्र आवश्यक पर्ने भौतिक पूर्वाधार विकास गरेर पर्यटकका लागि सेवा सुविधा पनि वृद्धि गर्ने योजना बनाएका छौँ।'

राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागद्वारा प्रकाशित वार्षिक प्रतिवेदन २०७९/८० को प्रतिवेदनअनुसार संरक्षित क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थानका रूपमा रहेका छन्।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा संरक्षित क्षेत्र भ्रमण गर्ने स्वदेशी एवं विदेशी पर्यटकको सङ्ख्या ९ लाख ३५ हजार ६ सय ८ रहेको छ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्रहरू पर्यटकको मुख्य गन्तव्य रहेको प्रतिवेदनमा उल्लेख छ। रासस


प्रकाशित : शुक्रबार, चैत २ २०८०१८:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend