शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

नेपाली व्यवसायीले विदेशबाट मर्चेन्ट भुक्तानी स्वीकार गर्न सक्ने

शुक्रबार, चैत २ २०८०
नेपाली व्यवसायीले विदेशबाट मर्चेन्ट भुक्तानी स्वीकार गर्न सक्ने

यस्तो भुक्तानीको जोखिम भने स्वीकार हुने बैंक तथा वित्तीय संस्थाले विश्लेषण गर्नुपर्ने छ।

काठमाडौं- नेपालका व्यवसायीहरूले विदेशबाट मर्चेन्ट भुक्तानी स्वीकार गर्न सक्ने भएका छन्। नेपालमा उत्पादन भएको वस्तु तथा सेवाको बिक्री गरेबापत विदेशबाट सिधै भुक्तानी स्वीकार गर्न सक्नेगरी राष्ट्र बैंकले व्यवस्था गरिदिएको छ। 

नेपाली व्यवसायीहरूले नेपालमा खोलेको बैंक खातामा विदेशमा जारी भएको क्यूआर कोडको माध्यमबाट यस्तो भुक्तानी स्वीकार गर्न सक्ने भएका हुन्। 

नेपालका व्यवसायीले विदेशमा जारी भएको क्यूआरबाट भुक्तानी लिएर राष्ट्र भुक्तानी स्वीचको माध्यमबाट नेपाली बैंक खातामा जम्मा हुनेछ। 

यस्तो भुक्तानीको जोखिम भने स्वीकार हुने बैंक तथा वित्तीय संस्थाले विश्लेषण गर्नुपर्ने छ। 

अहिलेसम्म नेपाली व्यवसायीले यस्तो भुक्तानी स्वीकार गर्न सक्दैनन्। यसरी स्वीकार गर्न नसक्दा विदेशबाट हुने भुक्तानी कमिसन एजेन्टको माध्यमबाट लिनुपर्ने थियो। जसले गर्दा भुक्तानी लागत नै २५ प्रतिशतसम्म हुने गरेको थियो। 

यो व्यवस्थाबाट सूचना प्रविधिजन्य सेवा बिक्री गर्ने व्यवसायीहरू लाभान्वित हुने भएका छन्। उनीहरूले लामो समयदेखि माग गर्दै आएका थिए। 


प्रकाशित : शुक्रबार, चैत २ २०८०१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend