शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

भारतसँग अन्तरदेशीय कारोबार सुरू, क्यूआर कोड र मोबाइल बैंकिङबाट रकम आदानप्रदान गर्न सकिने

भारतीय नागरिकलाई दैनिक १५ हजार र मासिक १ लाख भारुसम्मको सीमा

शुक्रबार, चैत २ २०८०
भारतसँग अन्तरदेशीय कारोबार सुरू, क्यूआर कोड र मोबाइल बैंकिङबाट रकम आदानप्रदान गर्न सकिने

काठमाडौं- नेपाल र भारतबीच क्रसबोर्डर भुक्तानी प्रकृया सुरु भएको छ। नेपालमा रहेका भारतीय नागरिक र भारतमा रहेका नेपाली नागरिकले बैंकिङ प्रणालीमार्फत सहजै रकम पठाउन वा प्राप्त गर्न सक्ने भएका छन्। 

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र जारी गर्दै नेपालबाट भारतीय नागरिकले पठाउने भारतीय रकमको सीमासमेत तोकेको छ। 

भारतीय नागरिकले नेपालका वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा रहेको खाताबाट भारतीय बैंकमा रहेको उनीहरूको खातामा दैनिक १५ हजार र मासिक अधिकतम एक लाख भारतीय रुपैयाँसम्म पठाउने सुविधा राष्ट्र बैंकले दिएको छ। 

नेपालका बैंकहरूको मोबाइल बैंकिङ एप्स, ई-बैंकिङ, अन्तरबैंकिङ भुक्तानी, क्यूआरकोड र भुक्तानी स्वीचमार्फत सहजै रकम आदानप्रदान गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। 

यस्तै भारतमा रहेका नेपालीहरूले त्यहाँका बैंकहरूमा रहेको खाताबाट उनीहरूको नेपालमा रहेको खातामा रकम ट्रान्सफरको सुविधासमेत राष्ट्र बैंकले दिएको छ। 

भारतीय रिजर्व बैंकले गरेको व्यवस्थाबमोजिम इन्डो नेपाल रेमिट्यान्स फ्यासिलिटी स्किमका अतिरिक्त नेपाल नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ, अन्तरबैंकिङ. मोबाइल बैंकिङ, क्यूआर कोडका माध्यमबाट व्यक्तिगत खातामा प्राप्त हुनेगरी विप्रेषण रकम पीटूपी (व्यक्तिगत भुक्तानी) गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, चैत २ २०८०१४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend