बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

रावा इनर्जीमा सञ्चालकको नक्कली हस्ताक्षर गरी आईपीओ जारी गरेकोबारे सीआईबीले अनुसन्धान गर्ने

images
बिहीबार , चैत १ २०८०
images
images
रावा इनर्जीमा सञ्चालकको नक्कली हस्ताक्षर गरी आईपीओ जारी गरेकोबारे सीआईबीले अनुसन्धान गर्ने

किर्ते गरिएको विषय भएकाले आफूहरूले सबै विषयको जानकारी सीआईबीलाई पठाएर अनुसन्धान अघि बढाउन आग्रह गरेको धितोपत्र बोर्डले जनाएको छ।

images
images

काठमाडौं- रावा इनर्जी डेभलपमेन्ट लिमिटेड कम्पनीले सञ्चालक समिति सदस्यको नक्कली हस्ताक्षर गरेर साधारण सेयर (आईपीओ) जारी गरेको विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेको छ। 

images
images
images

रावा इनर्जीले आईपीओ जारी गर्दा तीन वर्षदेखि बैठकमै नगएका सञ्चालक समिति सदस्य मुक्तिनाथ तिम्सिनाको हस्ताक्षर किर्ते गरेको विषयमा नेपाल धितोपत्र बोर्डले छानबीनका लागि आग्रह गर्दै सीआईबीलाई पत्र पठाएको छ। साथै यस विषयमा अर्थ मन्त्रालयलाई समेत जानकारी गराएको बोर्डले जनाएको छ। 

images

किर्ते गरेको आरोपबारे प्रष्टीकरण दिँदै कम्पनीले उक्त हस्ताक्षर तिम्सिनाकै भएको दाबी गरेको छ। साथै कम्पनीले सो उजुरीको बिषय बोर्डमा छानबिनको क्रममा रहेकोले सो सम्बन्धमा कुनै खण्डन गर्नु पर्ने वा बिमति राख्नुपर्ने अवस्था नरहेकोसमेत जनाएको छ। तर हस्ताक्षर किर्ते गरेर आईपीओ जारी नगरेको कम्पनीको दाबी छ। 

images
images
images

यस्तोमा किर्तेको विषय भएकाले आफूहरूले सबै विषयको जानकारी सीआईबीलाई पठाएर अनुसन्धान अघि बढाउन आग्रह गरेको धितोपत्र बोर्डले जनाएको छ।

मुलुकी अपराध संहिता २०७४ मा लिखतसम्बन्धी कसुर गर्न नहुने विषय उल्लेख छ। संगठित संस्थाबाट भएको कसुरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुने व्यवस्थासमेत उल्लेख गरिएको छ।

'कुनै फर्म, कम्पनी वा संगठित संस्थाले कानूनबमोजिम कसुर मानिने कुनै काम गरेको वा गराएकोमा जसले त्यस्तो काम गरे वा गराएको हो सोही व्यक्ति जिम्मेवार हुनेछ र त्यस्तो व्यक्ति किटान हुन नसकेमा फर्मको हकमा त्यस्ता काम गर्ने सम्बन्धित धनी वा हिस्सेदारहरु र कम्पनी वा संगठित संस्था भए त्यस्तो काम गर्ने वा गराउने सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक र त्यस्तो व्यक्ति पनि किटान हुन नसकेमा त्यस्तो संस्थाको कार्यकारी प्रमुखले आपराधिक दायित्व व्यहोर्नु पर्नेछ' ऐनमा उल्लेख छ।

यस्तोमा रावा इनर्जीमा सञ्चालकको हस्ताक्षर किर्ते गरेर आईपीओ जारी भएको प्रमाणित भइ कसुरदार ठहर भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको देखिन्छ। 

सञ्चालककै हस्ताक्षर किर्ते गरेर रावा इनर्जीमा साढे ८ लाख कित्ता आईपीओ जारी भएको खुलासा सञ्चालककै हस्ताक्षर किर्ते गरेर रावा इनर्जीमा साढे ८ लाख कित्ता आईपीओ जारी भएको खुलासा रावा इनर्जीले भन्यो - 'बोर्डमार्फत छानबिन भइरहेको छ, हस्ताक्षर सञ्चालककै हो' रावा इनर्जीले भन्यो - 'बोर्डमार्फत छानबिन भइरहेको छ, हस्ताक्षर सञ्चालककै हो'


प्रकाशित : बिहीबार , चैत १ २०८०१७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend