बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

रावा इनर्जीले भन्यो - 'बोर्डमार्फत छानबिन भइरहेको छ, हस्ताक्षर सञ्चालककै हो'

images
बुधबार, फागुन ३० २०८०
images
images
रावा इनर्जीले भन्यो - 'बोर्डमार्फत छानबिन भइरहेको छ, हस्ताक्षर सञ्चालककै हो'

कम्पनीले सो उजुरीको बिषय बोर्डमा छानबिनको क्रममा रहेकोले सो सम्बन्धमा कुनै खण्डन गर्नु पर्ने वा बिमति राख्नुपर्ने अवस्था नरहेकोसमेत जनाएको छ।

images
images

काठमाडौं- रावा इनर्जी डेभलपमेन्ट लिमिटेड कम्पनीले सञ्चालक समिति सदस्यको नक्कली हस्ताक्षर गरेर साधारण सेयर (आईपीओ) जारी गरेको विषय झुटा रहेको भन्दै खण्डन गरेको छ।

images
images
images

आईपीओ जारी गर्दा तीन वर्षदेखि बैठकमै नगएका सञ्चालक समिति सदस्य मुक्तिनाथ तिम्सिनाको हस्ताक्षर किर्ते गरेको आरोपबारे प्रष्टीकरण दिँदै कम्पनीले उक्त हस्ताक्षर तिम्सिनाकै भएको दाबी गरेको छ।

images

'कम्पनीका सञ्चालक मुक्तिनाथ तिम्सिनाले निजको हस्ताक्षर किर्ते गरी श्री धितोपत्र बोर्डमा विवरणपत्र पेश गरेको र विवरणपत्रमा उल्लेखित तथ्य फरक पारेको भनी श्री धितोपत्र बोर्ड नेपालमा निवेदन दिएको ब्यहोरा उल्लेख गर्दै सो बोर्डले सो सम्बन्धमा माग गरेको जानकारी यस कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार पठाइसकिएको छ', कम्पनीले भनेको छ, 'कम्पनीले बोर्डलाइ लेखेको पत्रमा विवरणपत्रमा रहेको निजको हस्ताक्षर निज स्वयमकै रहेकोमा कम्पनी विश्वस्त रहेको हुँदा सो झुठा उजुरी खारेज गर्न माग गरिएको छ।'

images
images
images

साथै कम्पनीले सो उजुरीको बिषय बोर्डमा छानबिनको क्रममा रहेकोले सो सम्बन्धमा कुनै खण्डन गर्नु पर्ने वा बिमति राख्नुपर्ने अवस्था नरहेकोसमेत जनाएको छ। 

सञ्चालककै हस्ताक्षर किर्ते गरेर रावा इनर्जीमा साढे ८ लाख कित्ता आईपीओ जारी भएको विषयबारे बुधबार बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो। जसमा धितोपत्र बोर्डले छानबिन गरिरहेको विषय कम्पनीले स्वीकार गरेको छ। तर हस्ताक्षर किर्ते गरेर आईपीओ जारी नगरेको कम्पनीको दाबी छ। 

'कम्पनीको सञ्चालक समितिको बैठकको माइन्यूटको अभिलेख हेर्दा निजसँग जग्गाको क्षतिपूर्तिका सम्बन्धमा कुरा नमिलेको कारणले नभइ जग्गाको क्षतिपूर्तिका लागि निजले पटक पटक कम्पनीबाट बुझिलिएको रकमको हिसाब पेश गर्न सञ्चालक समितिले बारम्बार आग्रह गरेपछि हिसाब पेश गर्नुको सट्टा बैठकमै अनुपस्थित हुन थालेको देखिन्छ' कम्पनीले तिम्सिना बैठकमा उपस्थित नभएको बिषयबारे दाबी गरेको छ। 


प्रकाशित : बुधबार, फागुन ३० २०८०१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend