शनिबार, वैशाख २२ गते २०८१    
images
images

उचालिएको सेयर बजार पुन: पुरानै गतिमा, उतारचढावबीच ओरालोतिर

images
images
images
उचालिएको सेयर बजार पुन: पुरानै गतिमा, उतारचढावबीच ओरालोतिर
images
images

काठमाडौं - सत्ता गठबन्धनमा फेरबदल देखिएसँगै एकाएक उचालिएको सेयर बजार पुन: ओरालोतिर लागेको छ। सरकारी निकायको साथ मिल्ने आशमा हौसिएका लगानीकर्ताहरू अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै लाग्ने देखिएको छ।

images
images
images

निरन्तर बढिरहेको सेयर बजारमा बुधबारको कारोबारमा उतारचढावबीच सामान्य करेक्सन देखिएको थियो भने बिहीबार भने घटेको हो।

images

बिहिबार २७.८४ अंकले घटेर बजार २०८०.८७ बिन्दुमा झरेको छ। ४४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ। १९६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

images

गएको साता समग्रमा ७०.२६ अंकको वृद्धि भएको सेयर बजारमा यो साता पनि वृद्धितर्फ नै साथ मिलिरहेको थियो। यो साता आइतबार २२.१० अंकले बढेको बजार साताको दोस्रो कारोबारमा मंगलबार ५८.५८ अंकले बढेको थियो। बुधबार २.४८ अंकले घटेको थियो। 

images
images

लगानीकर्ताहरूले अहिलेको अवस्थामा बजार वृद्धितर्फ नै लागेर पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षा गरेका छन्। पर्ख र हेरको सोचमा रहेका संगठित लगानीकर्ताहरू पनि नयाँ सरकारसँगै हौसिएका थिए। सेयर बजारका संगठित लगानीकर्ताहरूको मनोविज्ञान बुझेर अर्थमन्त्री वर्षमान पुनले बजारको सुधारका काममा आफू लागिरहने बताइरहँदा कारोबारमा साथ मिलिरहेको थियो। 

सत्ता साझेदार फेरिँदा हरेक पटक लगानीकर्ता अस्थिर देखिने गरेका छन्। जसको असर दोस्रो बजारमा पर्ने गरेको छ। देशको अर्थतन्त्रको सूचक र कम्पनीको अवस्थामा लगानीकर्ताले कदम चाल्नुपर्नेमा राजनीतिलाई ठूला लगानीकर्ताले हतियार बनाउने गरेका छन्। जसले गर्दा बजार प्राकृतिक घटबढभन्दा पनि अस्वभाविक उचाल्ने गरिएको छ।

उतारचढावबीच घट्ने क्रम नै बढी भइरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा लगानीकर्ताले नयाँ सत्ता समीकरणसँग आश गरेका हुन्। यस्तोमा अर्थमन्त्री पुनसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि लगानीकर्ता विश्वस्त पार्नमा केन्द्रित भएका देखिन्छन्। उनले संसदमै बोल्दै पछिल्लो समय बढिरहेको सेयर बजार जनताले आफूहरूको सत्ता फेरबदल अनुमोदन गरेको रुपमा अर्थ्याएका थिए। 

images

प्रकाशित : बिहीबार , चैत १ २०८००३:०२

प्रतिक्रिया दिनुहोस