शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

अन्धाधुन्ध अनुमति दिँदा ७ महिनामै ८२ अर्ब ५७ करोड धितोपत्र सूचीकृत, आईपीओको हिस्सा अत्याधिक

आइतबार, फागुन २७ २०८०
अन्धाधुन्ध अनुमति दिँदा ७ महिनामै ८२ अर्ब ५७ करोड धितोपत्र सूचीकृत, आईपीओको हिस्सा अत्याधिक

काठमाडौं- नेपाल धितोपत्र बोर्डले अन्धाधुन्ध धितोपत्र सूचीकृत गर्दा सात महिनामै ८२ अर्ब ५७ करोड रुपैयाँ सूचीकृत भएका छन्।

नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को सात महिनामा ६५ अर्ब ८६ करोड साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ। त्यस्तै १० अर्ब ५९ करोड बोनस सेयर, ६ अर्ब १० करोड हकप्रद सेयर र ३ करोड एफपीओ धितोपत्र सूचीकृत भएको छ।  

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८१ करोडबराबरको साधारण सेयर, ६ अर्ब २ करोड डिबेन्चर, ५ अर्ब ४६ करोड हकप्रद सेयर र ३ अर्ब ५० करोड म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ।

२०८० माघ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ। सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। 

२०७९ माघमा सूचीकृत कम्पनीहरूको संख्या २४६ रहेको थियो। सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.३ प्रतिशत रहेको छ।

त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० माघ मसान्तमा सूचीकृत ८ अर्ब २१ करोड सेयरको चुक्ता मूल्य ८ अर्ब १३ अर्ब ५९ करोड रहेको छ। 

पुँजी बजार  २०७९ माघ मसान्तमा २१२१.८७ रहेको नेप्से सूचकाङ्क २०८० माघ मसान्तमा २१०१.१६ कायम भएको थियो। फागुन २७ गतेसम्म आईपुग्दा सेयर बजार २०५२.६५ बिन्दु कायम छ। भने बजार पुँजीकरण ३२ अर्ब २६ अर्ब रहेको छ। 


प्रकाशित : आइतबार, फागुन २७ २०८०१५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend