शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

सात महिनामा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स

आइतबार, फागुन २७ २०८०
सात महिनामा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स

माघ महिनामा मात्रै १ खर्ब ६ अर्ब रेमिट्यान्स भित्रिएको हो। पुस मसान्तसम्मा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स आएको थियो।

काठमाडौं- चालु आर्थिक वर्षको ७ महिनामा ८ अर्ब ३९ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भइ ६ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो।  

माघ महिनामा मात्रै १ खर्ब ६ अर्ब रेमिट्यान्स भित्रिएको हो। पुस मसान्तसम्मा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स आएको थियो।

प्रकाशित : आइतबार, फागुन २७ २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend