बिहीबार , वैशाख २० गते २०८१    
images
images

गतसाता ७० अंकले बढेको सेयर बजारमा यो साता पनि वृद्धितर्फ नै संकेत

आइतबार २२ अंकको वृद्धि, २ अर्ब ९२ करोडको कारोबार

images
images
images
गतसाता ७० अंकले बढेको सेयर बजारमा यो साता पनि वृद्धितर्फ नै संकेत
images
images

काठमाडौं- सत्तागठबन्धन परिवर्तनको प्रभाव देखिएर गएको साता समग्रमा ७०.२६ अंकको वृद्धि भएको सेयर बजारमा यो साता पनि वृद्धितर्फ नै साथ मिल्ने देखिएको छ। पर्ख र हेरको सोचमा रहेका संगठित लगानीकर्ताहरू पनि नयाँ सरकारसँगै हौसिएका छन्। 

images
images
images

आइतबार २२.१० अंकले बढेर बजार २०५२.६५ पुगेको छ। १९४ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ। ४६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

गएको साता पहिलो दिन आइतबारको कारोबारपछि १९६०.३० को बिन्दुमा झरेको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार २०३०.५६ को बिन्दुमा पुगेको थियो। सत्तागठबन्धन परिवर्तनसँगै गएको साता सोमबारमात्र ११७.७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो। मंगलबार परिसूचक ७०.३१ अंकले घटेको बजार बुधबार ९.३३ र बिहीबार १३.५२ अंकले बढेको थियो। 

images

सत्ता साझेदार फेरिँदा हरेक पटक लगानीकर्ता अस्थिर देखिने गरेका छन्। जसको असर दोस्रो बजारमा पर्ने गरेको छ। देशको अर्थतन्त्रको सूचक र कम्पनीको अवस्थामा लगानीकर्ताले कदम चाल्नुपर्नेमा राजनीतिलाई ठूला लगानीकर्ताले हतियार बनाउने गरेका छन्। जसले गर्दा बजार प्राकृतिक घटबढभन्दा पनि अस्वभाविक उचाल्ने गरिएको छ।

images
images

उतारचढावबीच घट्ने क्रम नै बढी भइरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा लगानीकर्ताले नयाँ सत्ता समीकरणसँग आश गरेको देखिएको छ। अबको बजार कता जान्छ भन्ने अनुमान सरकारले दिने भरोसापछि मात्र थाहा हुने संगठित लगानीकर्ताहरू बताउँछन्।

अर्थमन्त्री वर्षमान पुन पनि लगानीकर्ता विश्वस्त पार्नमा केन्द्रित भएका देखिन्छन्। सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्ने उनले बताएका छन्। मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताएसँगै लगानीकर्ताहरूले नीतिगत अप्ठ्यारोमा नपरिने आश गरेका छन्। 

लगानीकर्ताहरूले यो वृद्धिको साथ पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षा गरेका छन्। उनीहरूले बजारको घट्दो क्रम रोकिएर वृद्धितर्फ नै जाने अनुमान गरिरहेका छन्। विश्लेषकहरू समेत अहिलेको समग्र परिस्थिति हेर्दा बजार क्रमश: धिमा गतिमा माथितिर नै लाग्ने देखिएको बताउँछन्।

images

प्रकाशित : आइतबार, फागुन २७ २०८००३:०३

प्रतिक्रिया दिनुहोस