बिहीबार , वैशाख २० गते २०८१    
images
images

तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

images
images
images
तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको ५५ लाख ९५ हजार ३ सय ९१ कित्ता बोनस सेयर बिहीबार सूचीकृत भएको छ।

images
images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको उक्त बोनस सेयर सूचीकृत भएको हो। यी कम्पनीका सम्बन्धित सेयरधनीले हितग्राही खातामा शेयर आएपछि कारोबार गर्न सक्नेछन्। 

images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको १९  लाख ८६ हजार २२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यस कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ६३ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। सो सभाले करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। 

images

जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो। सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७३६९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

images
images

युनाइटेड अजोड इन्स्योरेन्सको १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले फागुन ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव २६१२ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। 

images

प्रकाशित : शुक्रबार, फागुन २५ २०८०११:२६

प्रतिक्रिया दिनुहोस