शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

शुक्रबार, फागुन २५ २०८०
तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको ५५ लाख ९५ हजार ३ सय ९१ कित्ता बोनस सेयर बिहीबार सूचीकृत भएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको उक्त बोनस सेयर सूचीकृत भएको हो। यी कम्पनीका सम्बन्धित सेयरधनीले हितग्राही खातामा शेयर आएपछि कारोबार गर्न सक्नेछन्। 

हिमालयन एभरेष्ट इन्स्योरेन्सको १९  लाख ८६ हजार २२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यस कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ६३ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। सो सभाले करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। 

जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो। सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७३६९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

युनाइटेड अजोड इन्स्योरेन्सको १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले फागुन ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव २६१२ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। 


प्रकाशित : शुक्रबार, फागुन २५ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend