शनिबार, वैशाख २२ गते २०८१    
images
images
तेस्रो लगानी सम्मेलनपछि के हाेला?

३ खर्ब ११ अर्ब विदेशी लगानी भित्रियो, १२ खर्ब ४९ अर्ब स्वीकृत

४२ परियोजनाको लागत नै ९ खर्ब ९० अर्ब ४८ करोड

images
images
images
३ खर्ब ११ अर्ब विदेशी लगानी भित्रियो, १२ खर्ब ४९ अर्ब स्वीकृत
images
images

काठमाडौ- सकारले तेस्रो लगानी सम्मेलन आगामी बैशाख १६ र १७ गते काठमाडौंमा गर्दै छ। जसको जिम्मेवारी लगानी बोर्डले लिने छ। जसमा १ सय २८ परियोजना सोकेसमा राख्ने तयारी छ।  

images
images
images

लगानी बोर्डले तेस्रो लगानी सम्मेलनका लागि विश्वका १७ ठूला धनाढ्यलाई निम्ता पठाइसकेको छ। बोर्डले झन्डै २ हजार लगानीकर्तालाई राजदूतावासमार्फत बोलाउँदै छ। बोर्डले गौतम अडानी, एलन मस्क, मार्क जुकरवर्ग, मुकेश अम्बानी, ज्याकमासहितलाई पत्र पठाएको छ।

images

विभिन्न वैदेशिक लगानी प्रतिबद्धता जनाइने भए पनि यसअघि भएका सम्झौताअनुसार लगानी भने आउन सकेको छैन।

images

लगानी बोर्डले साढे १२ वर्षमा १२ खर्ब ४९ अर्ब रुपैयाँको लगानी स्वीकृत गरिसकेको छ। बोर्डले अहिलेसम्म ४२ परियोजनाका लागि उक्त रकम स्वीकृत गरेको हो। बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार स्वीकृत भएपछि नै लगानी आउने भएकोले अहिले आउने क्रममा जारी रहेको बताए। 

images
images

त्यसमा अहिलेसम्म ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ परियोजना रहेका छन्। यस अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको छ। त्यस्तै ६ हजार र ३ हजार टन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होङ्‍सी शिवम् सिमेन्ट र हुवासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आएको प्रवक्ता उपाध्ययले जानकारी दिए। 

धरानमा बेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ। ९ सय मेगावाटको अरुण ३ जलविद्युत् परियोजना, २ सय १६ मेगावाटको माथिल्लो त्रिशुलीलगायतका परियोजना कार्यान्वयनका क्रममा छन्। 

९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भइ वित्तीय व्यवस्थापनको क्रममा रहेको छ। 

४ सय ५० मेगावाटको सेती नदी-६ सहित राष्ट्रिय गौरवको ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना अध्ययन तथा विकासका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदनको तयार हुँदैछ। यसका साथै ३ सय २७ मेगावाटको अपर मादी-२ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भइरहेको छ र पीडीएको तयारी समेत सुरु भएको छ।

१ खर्ब ३७ अर्ब भित्रियो अब पौने २ खर्ब आउँदै

अहिलेसम्म विभिन्न परियोजनाको लागत ९ खर्ब ९० अर्ब ४८ करोड रहने देखिएको छ। यस्तोमा १२ वर्षको बीचमा लगानी बोर्डमार्फत १ खर्ब ३७ अर्ब ८६ करोड रुपैयाँ भित्रिएको छ। योसहित अब लगानी सम्मेलनपछि नेपालमा ३ खर्ब ११ अर्ब रुपैयाँ विदेशी लगानी बोर्डमार्फत भित्रने छ। 

लगानी सम्मेलनमा लगानी बोर्डले चार परियोजनाको सम्झौता गर्ने पक्का भएको छ। आगामी लगानी सम्मेलनपछि पौने २ खर्ब रुपैयाँ लगानी आउने निश्चित भएको छ। ‘चार परियोजनाबाट पौने २ खर्ब रकम नेपाल भित्रिने प्रक्रिया सुरु हुने छ,’ प्रवक्ता उपाध्ययले भने।

बोर्डका उपाध्यायका अनुसार डाबर नेपाल प्रालिको क्षमता विस्तार, तीन सय २७ मेगावाट अपर मस्र्याङ्दी-२, चीन नेपालमैत्री औद्योगिक पार्क, ब्याट्री स्टोरेज प्लान्टसहितको दुई सय ५० मेगावाटको सोलार प्लान्टको परियोजना विकास सम्झौता गर्ने तयारी रहेको छ। बोर्डका अनुसार ४ वटै परियोजनामा विदेशी लगानी आउने छ। 

डाबर नेपालले भारतबाट ९ अर्ब ६८ करोड ६३ लाख भारतीय लगानी ल्याउन लागेको छ। तीन सय २७ मेगावाटको अपर मस्र्याङ्दी-२ मा पनि चिनियाँ लगानी गर्दैछ  बुटवल पावरसहित चीनको सिन्चेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनलले परियोजनामा ७८ अर्ब ३० करोड ६४ लाख रुपैयाँ लगानी गर्दै छन्।

झापाको दमकमा ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन, जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेड र दमक क्लिन इन्डस्ट्रियल पार्कले संयुक्त रूपमा ६४ अर्ब ९० करोड लगानी गर्दै छन्। बाँके र कपिलवस्तुमा बन्ने १२५-१२५ मेगावाटको सोलार प्लान्ट परियोजनामा सिंगारपुरको राइजेन इनर्जीले २१ अर्ब ६० करोड लगानी गर्दै छ।

तेस्रो लगानी सम्मेलनको लागि सोकेसमा प्रस्तुत गरिने परियोजनाको सूची तयार पारिएको छ। लगानी सम्मेलनका लागि हालसम्म १ सय २८ परियोजना पहिचान गरिएको र अब सूचीकृत गरेर अध्ययन गर्ने काम भइरहेको प्रवक्ता उपाध्ययले जानकारी दिए। 

नयाँ परियोजनाको रुपमा २ सय १८ मेगावाटको नौमुरे जलाशययुक्त आयोजना, १२१६ मेगावाट क्षमताको खिम्ती ठोसे जलविद्युत परियोजना, ६५० मेगावाटको कालिगण्डकी, ३७७ मेगावाट क्षमताको भारभुङ जलविद्युत आयोजना रहेका छन्।

साथै सहरी विकास मन्त्रालयको प्रस्तावमा बबरमहलमा सेवा प्लाजा निर्माण गर्ने प्रस्ताव पनि गरिएको छ।

तेस्रो लगानी सम्मेलन : एलन मस्क र ज्याकमासहित विश्वका ठूला १७ धनाढ्यलाई निम्ता तेस्रो लगानी सम्मेलन : एलन मस्क र ज्याकमासहित विश्वका ठूला १७ धनाढ्यलाई निम्ता  तेस्रो लगानी सम्मेलनअघि नै थप शक्तिशाली बन्ने दौडमा लगानी बोर्ड तेस्रो लगानी सम्मेलनअघि नै थप शक्तिशाली बन्ने दौडमा लगानी बोर्ड

images

प्रकाशित : शुक्रबार, फागुन २५ २०८००७:१८

प्रतिक्रिया दिनुहोस