आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

कामु गभर्नर ढुंगानाले आफैलाई गरिन् अध्यक्ष घोषणा, खाली गराइन् डेपुटी

बिहीबार , वैशाख ४ २०८२
कामु गभर्नर ढुंगानाले आफैलाई गरिन् अध्यक्ष घोषणा, खाली गराइन् डेपुटी

कार्यवाहक गभर्नरको रुपमा आफ्नो नाम अगाडि राख्दै कामु गभर्नर निलम ढुंगानाले एक डेपुटी गभर्नरको पद खाली गराएकी छिन्।

काठमाडौं- सरकारले आगामी गभर्नर नियुक्तिको तयारी गरिरहँदा कामु गभर्नर निलम ढुंगानाको अनौठो हर्कत बाहिरिएको छ।

सरकारले कामु गभर्नरको जिम्मेवारी दिएको अवसरको फाइदा उठाउँदै ढुंगानाले आफूले नै आफूलाई राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष घोषणा गरेकी छिन्। 

गभर्नर नै राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था राष्ट्र बैंक ऐनले गरे पनि ढुंगानाले स्वत: आफूले आफूलाई अध्यक्ष घोषणा गरकी हुन्। कार्यवाहक गभर्नरको रुपमा आफ्नो नाम अगाडि राख्दै ढुंगानाले एक डेपुटी गभर्नरको पद खाली गराएकी हुन्।

राष्ट्र बैंकको वेबसाइटमा नयाँ सञ्चालक समिति सार्वजनिक गर्दै ढुंगानाले आफू गभर्नर बन्न लागेको सन्देश दिएकी छिन्।

गभर्नर नियुक्ति ढिलाइ भएको भन्दै सरकारले वरिष्ठ गभर्नरका आधारमा ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएको थियो। 

rastra bank.JPG

सत्तारुढ दलहरुबीच सहमति भएर आगामी गभर्नर नियुक्ति नजिक रहेको समयमा ढुंगानाले गरेको हर्कतले राष्ट्र बैंक वृत्त नै तरंगित भएको छ। सरकारले अब ढुंगानालाई गभर्नर बनाउनुपर्ने र एक डेपुटी गभर्नर नियुक्ति गर्नुपर्ने सन्देश उनले दिन खोजेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।

कामु गभर्नर हुँदै अपरिपक्व हर्कत देखाउने ढुंगानाले गभर्नर भएमा ठूलै वितण्डा मच्चाउन सक्ने राष्ट्र बैंकका एक अधिकारी बताउँछन्। 'सरकारले कायममुकायम घोषणा गर्नासाथ राष्ट्र बैंक ऐन नै मिचेर आफूलाई अध्यक्ष घोषणा गर्ने ढुंगानामा परिपक्वताको अभाव रहेको प्रस्ट हुन्छ। सरकारले गभर्नर नै बनाएमा उनले कति धेरै गतल निर्णयहरु गर्न सक्छिन् भन्ने यो एउटा सानो उदाहरण मात्रै हो', ती अधिकारीले बताए।

राष्ट्र बैंक ऐनले गभर्नरलाई नै अध्यक्ष मान्नुपर्ने प्रस्ट व्यवस्था गरेकाले कायममुकायमलाई अध्यक्ष बनाउने विषय ऐनविपरीतको काम भएको समेत ती अधिकारीले बताउँछन्।

कामु गभर्नर ढुंगानाले सांगठनिक संरचनासमेत परिवर्तन गरेकी छन्।

rastra bank.jpeg

यसअघि उनले अगाडि बढाएको कार्यकारी निर्देशकहरुको बढुवा र निर्माण व्यवसायीलाई दिएको कर्जा पुनर्तालिकीकरण सुविधाको समेत चर्को विरोध भइरहेको छ।


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२१४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend